–महिला खबर–
ललितपुर । आज अन्तर्राष्ट्रिय बालिका दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईंदै छ ।
‘बालिकाहरुलाई सशक्त पारौं बालिकाहरुमाथि हुने हिंसाको अन्त्य गरौ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । विगत ३ वर्षदेखि अक्टोबर ११ का दिनलाई अन्तर्राष्ट्रिय बालिका दिवस मनाउन शुरु गरिएको हो ।
बालिका दिवसका अवसरमा विभिन्न जिल्लाहरुमा प्रभातफेरी निकालिएको छ । युनिसेफको प्रतिवेदनअनुसार नेपाल उच्च बालविवाहको जोखिम रहेका १० मुलुकमा पर्दछ ।
Comment Here!