शहरको यौटा बदनाम कथा


प्रकाशित मिति :2018-10-11 10:27:05

लेखिदेऊ
मेरो कथालाई मार्मिक गीत बनाएर
या बिर्सीदेउ दुखान्त घटना हो भनेर
अथवा यो शहर छिर्ने मूलद्वारमै लेखिदेऊ–
यहाँ अचम्मको पागल पसेको छ ।

बिमला तुम्खेवा

सीताको अग्निपरीक्षाको कथा सुनाउँदै
मलाई मान्छे बन्नै दिएनौ
तिमीले भनेजस्तै स्वास्नी हुन चेतनाले दिएन
र बाँचिदिएँ जीवन वेपरवाह ।

म बदनाम नै सही
आफ्नो स्वतन्त्रता उपभोग गरिरहेछु
आफ्नो जिन्दगी बाँचिरहेछु ।
छोरीको नाममा
प्रेमिकाको नाममा
श्रीमतीको नाममा
बुहारीको नाममा
कहिले पो आफ्नो जिन्दगी बाँचे ?
कहिले पो आफ्नो हाँसो हाँसेँ?
र, मैले बाँचेको यो सत्य कम्ता डरलाग्दो छैन ।

हो, अब मलाई यस्तो प्रेम स्वीकार छैन
रातो मखमलमा बेरिएको जिन्दगी स्वीकार छैन
धर्तीमै बस्न मञ्जुर छु यसरी नै ।

कुनैदिन पढ्नेछन्
लाखौँ करोडौँ स्त्रीहरुले मेरो विद्रोहको कथा ।

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: