‘फाईट ब्याक, प्रहरी साथमा छ’ अभियान


प्रकाशित मिति :2018-10-10 16:07:07

–सर्मिला बुढाथोकी–

दोलखा । महिला तथा बालबालिकामा हुने यौन हिंसाका कारण र स्वरुप धेरै हुन्छन् । दोलखा प्रहरीको विश्लेषणमा बालबालिकामा यौन हिंसाको बारेमा ज्ञानको अभाव र आत्मबल कम्जोर भएकोले यौन हिंसाको घट्नामा बृद्धि हुँदै गएको हो ।

विशेष गरी विद्यालयमा अध्यनरत बालबालिकाहरूलाई यौन हिंसाका स्वरुप, आत्म रक्षाको लागि अपनाउनु पर्ने सर्तकता लगाएतको विषयमा जानकारी गराउन र उनीहरूलाई शारीरिक एवं मानसिक रुपमा बलियो बनाउन दोलखा प्रहरीले ‘फाईट ब्याक, प्रहरी साथमा छ’ नामको विशेष अभियान सुरु गरेको छ ।

सिविन नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय दोलखाले सुरु गरेको ‘फाईट ब्याक, प्रहरी साथमा छ’ विशेष अभियानको क्रममा यौन दुव्र्यवहार, यौन हिंसा, यौन हिंसामा संलग्न पक्ष, यौन हिंसाका अभियुक्तलाई हुने कानूनी सजाय, कानूनी उपचार खोज्ने तरिका, आत्मरक्षाको लागि अपनाउनु पर्ने उपायहरू लगायतका विषयमा जानकारी गराईने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

बाल बालिकामा हुने अधिकांश यौन हिंसा उनीहरूलाई यसको बारेमा जानकारी नभएर र आत्मरक्षाको लागि शारीरिक एवं मानसिक रुपमा कमजोर भएर हुने गरेको प्रहरी नायव उपरीक्षक पाठक बताउछन् ।

अभियानको क्रममा पाँचदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कस्तो छुवाई यौन हिंसा हुने र कस्तो नहुने भनेर छुवाइको तरिकाको बारेमा जानकारी गराईने तथा १३ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई यौन हिंसा गर्न खोजे प्रतिकार गर्ने तरिकाबारे जानकारी गराईने पाठकले बताए ।

बाल बालिकामा हुने यौन हिंसा अन्त्यको लागि बालबालिकाहरूलाई मानसिक एवं शारीरिक रुपमा मजबुद बनाउने र यौन हिंसाका स्वरुपबारे सचेत गराउने उद्देश्यले प्रहरीले ‘फाईट ब्याक, प्रहरी साथमा छ’ विशेष अभियान सुरु गरेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

यो अभियान दोलखाका १६ विद्यालयमा संचालन गरिएको र त्यसमा तीन हजार दुई सय ८४ बालबालिका संलग्न रहेको प्रहरीले जनाएको छ ।

अभियानको क्रममा हरेक विद्यालयमा बालबालिकाले त्यस्तो कुनै समस्या भोग्नु परेको छ कि छैन, छ भने कस्तो खाले समस्या छ भनेर बुझ्न पेन ड्रप बक्स (पीडा राख्ने) राखिएको र त्यसमा आठ सय ७५ वटा जवाफ प्राप्त भएको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

तस्विरः अभियानका क्रममा बालबालिकालाई रक्षात्मक तालिम दिँदै प्रहरी ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिकाको प्रदेश ३ मा सरिता

-महिला खबर- ललितपुर । सञ्चारिका समूहको प्रदेश ३ स्तरीय प्रदेश समिति गठन भएको छ । प्रदेश

मलाई फाँसी मन्जुर छ !

-हेमन्त गिरी- स्केच तयार भयो-हुवहु म जस्तै ! जजसाब, मै रैछु बलात्कारी !

वामदेव गौतम भन्छन्ः केन्द्रीय कमिटीमा ७७ जना महिला थपौं

यस्तो अवस्थामा के ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा सफल होला ? धेरैले यो

आमाको हत्यापछि बाबु जेलमा, दुई छोरीको बिच्चली

-सर्मिला बुढाथोकी- दोलखा । जिरी नगरपालिका ९, ठूलोपातलका तस्विर तमाङले श्रीमतीको हत्यागरे पछि उनको दुई छोरी

ख्याउँची …

त्यसैले त जीवनकै चेकपोष्टमा उँभिएर सर्पले भ्यागुत्ता निले झै खर्लप्पै निल्न मन छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: