मदिरा बन्द गर्ने निर्णय विरुद्ध रिट


प्रकाशित मिति :2018-10-09 16:56:57

–महिला खबर–

ललितपुर । बैतडीको पुर्चौडी नगरपालिकाले मदिरा निषेधित क्षेत्र घोषणा गरेको विरुद्ध उच्च अदातमा रिट दायर भएको छ । मदिरा व्यवसायी ८ जनाले उच्च अदालत दिपायल महेन्द्रनगरमा भदौ ९ गते गते रिट दायर गरेका हुन् ।

आफूहरुले मदिरा बेच्न पाउने गरी सरकारबाटै इजाजत प्राप्त गरेको अवस्थामा नगरपालिकाको यो निर्णय सरकार विरोधी काम भएको ठहर गर्दै मदिरा व्यवसायीहरुले रिट दायर गरेका हुन् ।

मदिराले घरेलु हिंसा बढाएको र सामाजिक सद्भाव बढाएको ठहर गर्दै नगरपालिकाले यही भदौ १ गते नगरपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको थियो ।

नगरपालिकाका मेयर रणबहादुर कुँवर महिलाहरुको माग अनुसार नगरपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको बताउँछन् ।
हरेक गाउँ टोलमा घरेलु मदिरा उत्पादन गरी दिनदहाडै महिलालाई एक्लै हिँड्न समेत समस्या भएकाले जनप्रतिनिधि र नागरिकको सल्लाहमा मदिरा बन्द गर्ने निर्णय गरेको मेयर कुँवरले बताए ।

नगरपालिका भित्र ८ जनाले मदिरा बेच्न पाउने इजाजत प्राप्त गरेका भए पनि १ सय ३३ जनाले मदिरा बेचिरहेको पाइएपछि यो निर्णय गर्नुपरेको मेयर कुँवरले बताए ।

खुद्रा सामान भएको पसल, होटलमा पनि रक्सी बेचबिखन गरेको पाइएकाले नगरपालिकाभित्र मदिरा बेचबिखनमा रोक लगाएको उनको भनाइ छ ।

नगरपालिकाले पटक पटक सूचना जारी गरी मदिरा बेच्ने समय तोक्दा समेत व्यापारीले बेवास्ता गरेपछि बाध्य भएर नगरपालिकाले मदिरा निषेधित क्षेत्र घोषणा गर्नुपरेको नगरपालिकाको दाबी छ ।

उपमेयर जानकी बमले चुनावमा रक्सी बन्द गर्ने बचन दिएर महिलालाई भोट मागेकाले बाचा पुरा गर्न आफूले यो कदम चालेको बताइन् ।
नुन नपाइने ठाउँमा पनि मदिरा सहजै पाइने गरेकाले महिलाले अनेकौ समस्या झेल्नुपरेको उनले सुनाइन् ।

महिला हिंसाको मुख्य जड नै रक्सी भएकाले यो निषेध गर्न नगरपालिकाका १० वटै वडाका महिलाले नगरपालिका समक्ष माग राखेकाले सबैको सहमतिमा नगरपालिका मदिरा निषेधित घोषणा गरिएको उपमेयर बमको भनाइ छ ।

मदिरा निषेध गर्नुअघि यो निर्णयमा व्यवसायी पनि सहमती भएको र अहिले आएर उल्टै नगरपालिकालाई नै मुद्दा परेको मेयर कुँवरले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिकाको प्रदेश ३ मा सरिता

-महिला खबर- ललितपुर । सञ्चारिका समूहको प्रदेश ३ स्तरीय प्रदेश समिति गठन भएको छ । प्रदेश

मलाई फाँसी मन्जुर छ !

-हेमन्त गिरी- स्केच तयार भयो-हुवहु म जस्तै ! जजसाब, मै रैछु बलात्कारी !

वामदेव गौतम भन्छन्ः केन्द्रीय कमिटीमा ७७ जना महिला थपौं

यस्तो अवस्थामा के ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा सफल होला ? धेरैले यो

आमाको हत्यापछि बाबु जेलमा, दुई छोरीको बिच्चली

-सर्मिला बुढाथोकी- दोलखा । जिरी नगरपालिका ९, ठूलोपातलका तस्विर तमाङले श्रीमतीको हत्यागरे पछि उनको दुई छोरी

ख्याउँची …

त्यसैले त जीवनकै चेकपोष्टमा उँभिएर सर्पले भ्यागुत्ता निले झै खर्लप्पै निल्न मन छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: