–महिला खबर–
ललितपुर । मदिराका कारण झैझगडा र कलह बढ्न थालेपछि अछामको पञ्चदेवल बिनायक नगरपालिका ६ का महिलाहरू मदिरा बन्द गर्ने अभियानमा जुटेका छन् ।
मदिराका कारण गाउँमा महिला र बालबालिकालाई समस्या भएको भन्दै महिलाहरू मदिरा बन्द गराउन घरदैलो अभियानमा जुटेका हुन् ।
वडामा गठित आमा समूहका महिलाहरू गाउँमा औषधिको रुपमा खोज्दा समेत मदिरा नभेटियोस् भन्दै मदिराको बिक्री वितरण नगर्न नगराउन जानकारी दिँदै घर घर पुग्न थालेका छन् ।
श्रीमान मदिरा सेवन गरेर अबेर राती घरमा आउने र श्रीमती र छोराछोरीमाथि जाईलाग्दा घर समाजमा अशान्ति हुने गरेको महिलाहरूको भनाइ छ ।
रक्सी खाएर आफ्नो श्रीमतीलाई विभिन्न आरोप लगाउने, समाजमा कलोहल मच्चाउने गर्दा महिला एकजुट भएर बन्द गर्नुपर्ने पहलमा लागेका छन् ।
‘महिला हिंसा अन्त्य गरौँ, जाड रक्सी बन्द गरौँ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोक्दै महिलाहरूले वडामा ¥याली समेत निकालेका छन् ।
अवैध मदिरा पूर्णरुपमा बन्द हुनुपर्ने, मदिरा सेवन गर्न समय तोक्नुपर्ने लगायतका माग महिलाका छन् ।
वडा पालिकाले वडाको सीमा क्षेत्रभित्र अवैध मदिरा उत्पादन तथा ओसार पसार गरेको पाइएमा बरामद गर्ने निर्णय गर्ने जनाएको छ ।
Comment Here!