प्रहरीले यसरी पोख्यो घरेलु मदिरा


प्रकाशित मिति :2018-10-09 11:47:15

–सर्मिला बुढाथोकी–

दोलखा । घरेलु मदिराका कारण महिला हिंसा बढ्ने भन्दै दोलखा प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रण अभियानै सञ्चालन गरेको छ ।

अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्र्तगत सोमबार जिल्ला प्रहरी कार्यालय दोलखाले पाँच सय ५० लिटर अवैध मदिरा र करिब ३२ सय केजी कच्चा पर्दाथ बरामद गरेको छ ।

अवैध घरेलु मदिराका कारण महिला हिंसा, घरेलु हिंसा, विभिन्न अपराधिक घटना र सामाजिक सद्भावमै समस्या आउने भएकोले जिल्ला प्रहरी कार्यालय दोलखाले विगतदेखि नै अवैध मदिरा जफत तथा नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

सोमबार दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ र वडा नम्बर ६ को बिभिन्न भट्टी पसलहरुबाट उल्लेखित मात्रामा अवैध घरेलु मदिरा बरामद गरी स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी, समाजसेवीको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

दशै तथा तिहारको बेला बजार र ग्रामीण क्षेत्रहरुमा समेत अवैध घरेलु मदिराको बिक्री वितरण बढ्ने र त्यसले अपराधिक घटनामा बृद्धि हुन सक्ने भएकोले प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रण अभियानलाई सचेततापूर्वक सञ्चालन गरिरहेको र यसको प्रभावकारीता समेत राम्रो देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्र्तगत तीन महिनाको अवधिमा २५ सय लिटर भन्दा बढी अवैध घरेलु मदिरा र करिब ५५ सय केजी मदिरा बनाउने कच्चा पर्दाथ बरामद गरी नष्ट गरिएको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रहरीबाटै महिला बलात्कृत

शुक्रबार साँझ सापटी लिएको रकम दिने बहानामा बोलाएर एक महिलामाथि बलात्कार गरेको आरोप चैना मुगुमा

श्रीमान् चुँड्ने विदेश

जन्मिएकै वर्ष आमा गुमाउनु । पाँच वर्षमा बुबा गुमाउनु । श्रमिक भएर बाँच्ने

मलाई मेरो पहिचान दे !

-श्रीभक्त पौडेल - ए समाज ! मलाई मेरो पहिचान दे ! कहिलेसम्म मलाई साहिँली, माहिली र कान्छी भनेर चिनाउँछस्

लैंगिक हिंसा विरुद्ध चित्रकला प्रर्दशनी तथा कविता वाचन

सो अवसरमा कलाकार रसिकराज र इपिएस स्कुलका विद्यार्थीहरुको तयार गरेका महिला हिंसाको अवस्था झल्किने चित्रकला

दमकमा ३७ प्रतिशत बढी बालबालिकाको जन्मदर्ता छैन

-विष्णुप्रसाद पोखरेल- झापाको दमक नगरपालिकामा जन्मेका ३७ प्रतिशत बालबालिकाहरुको जन्मदर्ता नै नहुने गरेको पाइएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: