पत्रकार भिक्टोरियाको बलात्कारपछि हत्या


प्रकाशित मिति :2018-10-08 14:16:00

-महिला खबर-

ललितपुर । बुल्गेरियामा खोज पत्रकारिता गर्दै आएकी एक टेलिभिजन पत्रकार महिलाको बलात्कारपछि हत्या भएको छ । अधिकारीका अनुसार रुसे सहरको उत्तरी क्षेत्रमा ३० वर्षीया पत्रकार भिक्टोरिया मारिनोभाको मृत शरिर भेटिएको हो ।

‘मारिनोभाको चस्मा, कारको चापी, मोबाइल फोन र कपडा समेत घटनास्थलमा थिएन’ खोजीमा संलग्न अधिकारीहरुले बताएका छन् । उनको खोजी गरेको समाचारकै प्रतिशोधको रुपमा घटना भएको हुनसक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

बुल्गेरियाका प्रधानमन्त्री ब्योको बोरिसोभले भने घटनाको छानविन गर्ने र दोषीलाई पक्राउ गर्ने बताएका छन् । यस्तो घटना प्रति दुख व्यक्त गर्दै अन्य पत्रकारहरुले समेत दोषीलाई कारबाही गर्न दबाव दिएका छन् ।

पत्रकार भिक्टोरियाले संयुक्त राष्ट्रसंघको आर्थिक सहायतामा राजनीतिक व्यक्तित्व र व्यवसायीको गैरकानूनी सम्बन्धबारे खोजी समाचार पछ्याउँदै आएकी थिइन् ।

स्रोत : एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

कारबाहीमा होइन पैसामा न्याय !

-चन्द्रकला शाह- बाजुरा । पैसामा घटना मिलेपछि महिलाले थप लाञ्छना भोग्ने गरेका छन् ।

घरेलु हिंसा पीडित सीता मृत भेटिइन्

–महिला खबर– ललितपुर । बैतडीको मेलौली नगरपालिका ३, की सीता भट्ट हराएको डेढ महिनामा मृत भेटिएकी

‘श्रीमती’ को रूपमा बेचिँदै कलिला छोरीहरू

ललितपुर । नाइजेरियामा एउटा परम्परा छ । जसलाई ‘पैसाको लागि विवाह’ नामले चिनिन्छ । उक्त

आज दसैँको टीका

राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: