९ महिनामा बेचबिखनको जोखिममा परेका ६९ को उद्धार


प्रकाशित मिति :2018-10-07 11:24:21

-महिला खबर-

ललितपुर । के आइ नेपालले सन् २०१८ को हालसम्ममा ६९ जनाको उद्धार गरी परिवारमा पुनर्मिलन गराएको जनाएको छ । जसमा १० जना बालक रहेका छन् ।

मानव बेचखिखन तथा लैंगिक हिंसा विरुद्ध काम गर्दै आएको के आई नेपालले शनिबार आफ्नो १२ औं वार्षिक साधारणसभामा यो कुराको जानकारी गराएको हो ।

यस्तै आर्थिक वर्ष २०७४/७५ मा १५ हजार ३ सय ६८ जनालाई बेचबिखन बारे सूचना सम्प्रेषण तथा परामर्श दिएको पनि संस्थाले जनाएको छ । यही एक वर्षमा संस्थाले ६ सय २ जनालाई विभिन्न सीमा नाकाबाट उद्धार गरेको जानकारी दिएको छ ।

यस्तै ४ सय २१ जनालाई अनुसन्धानका लागि प्रहरीमा सिफारिस गरिएको, ४ सय ४८ जनालाई आपत्कालिन आवास गृहबाट सेवा प्रदान गरिएको, ५ सय ५२ जनाको परिवारमा पुनर्मिलन गराएको, ६८ जनालाई सुरक्षित आवास सेवा प्रदान गरिएको, ६८ जनालाई सिपमूलक तालिम प्रदान गरिएको केआइ नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले बताए ।

संस्थाले २२ जनालाई सिपमूलक तालिम पश्चात व्यवसाय गर्न सहयोग गरिएको, ४० जनालाई कानूनी सेवा प्रदान गरेको पनि कार्यक्रम निर्देशक भट्टराईले जानकारी दिए ।

भारतसँग सीमा नाका जोडिएका ११ जिल्लाका १३ स्थानमा निगरानी केन्द्र सञ्चालन गरी मानब बेचबिखन विरुद्ध काम गरिरहेको भट्टराईले बताए ।

कार्यक्रममा बोल्दै ललितपुर उच्च अदालतका न्यायाधीश टेक नारायण कुँवरले पछिल्लो समयमा मानव बेचविखनको स्वरुप फेरिएको बताए । अहिले अदालतमा आउने अधिकांश मुद्दामा चिनजानकै मान्छेबाट महिला तथा बालबालिका पीडित भएको उनले बताए ।

अदालतमा दर्ता भएका मुद्दामा ६० प्रतिशतले मात्र न्याय पाउने गरेको र बाँकी ४० प्रतिशतले अझै न्याय पाउन नसकेको उनको भनाइ छ ।

यस्ता घटनामा अदालतलाई प्रमाणको आवश्यक पर्ने र प्राप्त मात्रामा प्रमाण नहुँदा मानव बेचबिखनका घटना छिनोफानो गर्न समस्या हुने गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले प्रायजसो किशोरीहरु अरुको लहलहैमा लागेर बेचिने गरेको बताइन् ।

कार्यक्रममा बोल्दै अपराध अनुसन्धान ब्यूरोका (सीआइबी)का डीएसपी राजकुमार सिलवालले बेचबिखनमा महिलामात्रै नभइ पुरुष बेचिने क्रम पनि वृद्धि भएको बताए ।

गएका ३ वर्षमा बेचबिखनमा परेका २३ जना पुरुषको उजुरी परेकोमा पछिल्लो ८ महिनामा मात्रै ४० पुरुष बेचबिखनको सिकार भएको कुराबाट बेचबिखनमा पुरुष पनि पर्ने गरेको कुरा प्रष्ट भएको उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यी हुन् नेकपाको जिल्ला अध्यक्ष महिला

नेकपाले आज सोमबार सार्वजनिक गरेको जिल्ला अध्यक्षहरुमध्ये ३ जना मात्रै महिला रहेका छन् ।

मुक्त हलिया बस्तीमा पुगिन् मन्त्री अर्याल

–महिला खबर– कञ्चनपुरको भीमदत्तनगरपालिका स्थित मुक्त हलिया बस्तीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा

साहसी मथुरा : समाजको अपहेलना चिरेर बनिन् त्यही समाजको नेता

एचआइभी भएकै कारण चरम सामाजिक अपहेलना हुन थालेपछि उनले आत्मविश्वासले समाजको चेत फर्काउन सफल भइन्

सीपले बनायाे आत्मनिर्भर

घरायसी कारणले कक्षा ८ सम्म पढेर पढाई छाड्नु परेका उनको हातमा कपडा सिलाइ गर्ने सीपले

‘आफ्नै’ ले लुटेको त्यो कलिलो शरीर

उसलाई बुवा आमासँग मामाले आफूसँग गरेको व्यवहार भन्ने आँट आएन । तर, मामा आउँदा जहिलेपनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: