बलात्कार विरोधी अभियन्तालाई नोबेल शान्ति पुरस्कार


प्रकाशित मिति :2018-10-05 16:05:04

ललितपुर । यसवर्षको नोबेल शान्ति पुरस्कार यौन हिंसाको विरुद्ध अभियान चलाएका डेनिस मुकवेगे र नदिया मुरादले संयुक्त रुपमा पाएका छन् ।

कंगोमा आइएस लडाकुबाट बलात्कार र अन्य दुर्व्यवहारमा परेका महिला र बालिकाको उपचारमा संलग्न गाइनोक्लोजिस्ट डेनिस र बलात्कारविरोधी अभियन्ता नदियालाई संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार दिइएको हो ।

युद्धका क्रममा बलात्कारलाई हतियारको रुपमा प्रयोग गर्ने प्रचलनलाई अन्त्य गर्न भूमिका खेलेको भन्दै उनीहरुलाई नोबेल शान्ति पुरस्कार दिइएको हो ।

‘डेनिस मुकवेगे पीडितको रक्षाका लागि पुरै समर्पित भएका छन् ।

नदिया मुराद यस्तो साक्षी हुन् जसले आफू र अरुमाथि हुने यौन दुर्व्यवहारविरुद्ध आवाज उठाइन् ।’ नोबल कमिटीका प्रमुख बेरिट रेसस एन्डरसनले शुक्रबार नोबेल पुरस्कार घोषणा गर्दै भने ‘उनीहरुको अभियानले युद्धको समयमा यौन दुर्व्यवहारको डरलाग्दो अवस्था रहेको प्रष्ट देखाएको छ ।’

मुकवेगेले आफ्नो युवा उमेरको लामो समय कंगोमा यौन दुर्व्यवहारमा परेकाहरुको उपचार र सहयोगमा बिताएका थिए । उनी र उनको टिमले यस्ता हजारौं पीडितको उपचार गरेको छ ।

नोबेल शान्ति पुरस्कारको राशी करिब १० लाख अमेरिकी डलर रहेको छ ।

साभार : बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रहरीबाटै महिला बलात्कृत

शुक्रबार साँझ सापटी लिएको रकम दिने बहानामा बोलाएर एक महिलामाथि बलात्कार गरेको आरोप चैना मुगुमा

श्रीमान् चुँड्ने विदेश

जन्मिएकै वर्ष आमा गुमाउनु । पाँच वर्षमा बुबा गुमाउनु । श्रमिक भएर बाँच्ने

मलाई मेरो पहिचान दे !

-श्रीभक्त पौडेल - ए समाज ! मलाई मेरो पहिचान दे ! कहिलेसम्म मलाई साहिँली, माहिली र कान्छी भनेर चिनाउँछस्

लैंगिक हिंसा विरुद्ध चित्रकला प्रर्दशनी तथा कविता वाचन

सो अवसरमा कलाकार रसिकराज र इपिएस स्कुलका विद्यार्थीहरुको तयार गरेका महिला हिंसाको अवस्था झल्किने चित्रकला

दमकमा ३७ प्रतिशत बढी बालबालिकाको जन्मदर्ता छैन

-विष्णुप्रसाद पोखरेल- झापाको दमक नगरपालिकामा जन्मेका ३७ प्रतिशत बालबालिकाहरुको जन्मदर्ता नै नहुने गरेको पाइएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: