संचारिका सदस्य दुर्गा कार्कीलाई ‘दक्षिण एशिया लाड्ली मिडिया पुरस्कार’


प्रकाशित मिति :2018-10-05 14:45:02

–महिला खबर–

ललितपुर । संचारिका समूहका कार्य समिति सदस्य दुर्गा कार्कीले लैङ्गिक संवेदनशीलता २०१७ को लागी ‘दक्षिण एशिया लाड्ली मिडिया पुरस्कार’ जीतेकी छन् । कार्की महिला खबर डटकमका पूर्व सम्पादक हुन् ।

अन्तर्राष्ट्रिय विज्ञापन संघ (भारत अध्याय) संग सम्बद्ध यो पुरस्कार १२ अक्टोबरमा मुम्बईमा आयोजना हुने पुरस्कार समारोहमा प्रदान गरिने छ ।

अन्तर्राष्ट्रिय विज्ञापन संघ (नेपाल अध्याय) द्वारा संचालित पाँच सदस्यीय मूल्यांकन कमिटीले कार्कीको महिला खबरमा प्रकाशित ‘समानुपातिक प्रणालीको दुरुपयोग’ शिर्षकको लेख नेपाल विजेताको रूपमा छनोट गरेको हो ।

मूल्यांकन कमिटीमा सार्वजनिक स्वास्थ्य विज्ञ आशा बस्नेत, लैङ्गिक विज्ञ मीता सैंजु प्रधान, विकास विज्ञ शंकरराज पाण्डे, नागरिक दैनिकका सम्पादक गुणराज लुइंटेल र हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल थिए ।

कार्की हाल नेपाल वातावरण पत्रकार समूहद्वारा संचालित परियोजनामा कार्यरत छिन् ।

अन्तर्राष्ट्रिय मिडिया सञ्जाल (नेपाल अध्याय) का प्रबन्ध निर्देशक रविन लामाका अनुसार लैंगिक संवेदनशीलताका लागि लाड्ली मिडिया अवार्ड विशेष रूपमा मिडियामा लैंगिक संवेदनशीलताको प्रवद्र्धनका लागि दिइएको हो ।

सन् २००७ मा स्थापना भएको लाड्ली मिडिया अवार्ड्सद्वारा जारी प्रेस विज्ञप्तिमा पुरस्कारले लैंगिक संवेदनशील रिपोटिङ र प्रोग्रामिङको सन्दर्भमा मिडियामा भएका सकारात्मक प्रयासहरू तर्फ जनताको ध्यान आकर्षित गर्ने उद्देश्य राखेको र अर्वाडले उक्त प्रयासहरुलाई प्रदर्शनका लागि एक प्लेटफर्म प्रदान गर्दछ भन्ने उल्लेख गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रहरीबाटै महिला बलात्कृत

शुक्रबार साँझ सापटी लिएको रकम दिने बहानामा बोलाएर एक महिलामाथि बलात्कार गरेको आरोप चैना मुगुमा

श्रीमान् चुँड्ने विदेश

जन्मिएकै वर्ष आमा गुमाउनु । पाँच वर्षमा बुबा गुमाउनु । श्रमिक भएर बाँच्ने

मलाई मेरो पहिचान दे !

-श्रीभक्त पौडेल - ए समाज ! मलाई मेरो पहिचान दे ! कहिलेसम्म मलाई साहिँली, माहिली र कान्छी भनेर चिनाउँछस्

लैंगिक हिंसा विरुद्ध चित्रकला प्रर्दशनी तथा कविता वाचन

सो अवसरमा कलाकार रसिकराज र इपिएस स्कुलका विद्यार्थीहरुको तयार गरेका महिला हिंसाको अवस्था झल्किने चित्रकला

दमकमा ३७ प्रतिशत बढी बालबालिकाको जन्मदर्ता छैन

-विष्णुप्रसाद पोखरेल- झापाको दमक नगरपालिकामा जन्मेका ३७ प्रतिशत बालबालिकाहरुको जन्मदर्ता नै नहुने गरेको पाइएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: