जनता क्याम्पसको हाताभित्रै यौन दुर्व्यवहार, क्याम्पसको बेवास्ता


प्रकाशित मिति :2018-10-05 14:32:18

–महिला खबर–

ललितपुर । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पस प्रशासनले क्याम्पस हाताभित्र एक मजदुर महिलामाथि भएको यौन दुर्व्यवहारको उजुरीमा बेवास्ता गरेको छ ।

क्याम्पस हाताभित्रको चमेना गृहमा भाँडा माझ्ने २४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको उजुरी क्याम्पस प्रमुख समक्ष पुगे पनि क्याम्पसले बेवास्ता गरेको हो ।

गएको भदौ २५ गते बिहान ४ बजे चमेना गृहमा भाँडा माझ्न जाने क्रममा गेट खोल्न लगाउँदा सुरक्षा गार्ड देविन्द्र दाहालले महिलालाई यौन दुर्व्यवहारको आशयले शरीरका विभिन्न ठाउँमा छुने, हैरानी दिने गरेको महिलाले बताईन् ।

उक्त घटनाबारे क्याम्पसका प्रमुख भोजराज श्रेष्ठलाई महिलासहित चमेना गृह सञ्चालक सुनिल कार्कीले जानकारी गराई दाहाललाई कारबाहीको माग गरे पनि बेवास्ता गरेको पीडित महिलाले महिला खबरलाई बताईन् ।

यस सम्बन्धमा क्याम्पस प्रशासनले भने लिखित उजुरी नआएको भन्दै उम्कने प्रयास गरेको छ । क्याम्पसका प्रमुख भोजराज श्रेष्ठ लिखित उजुरी नआएकोले आफूले यौन दुर्व्यवहारको उजुरी नगरेको बताउँछन् ।

यद्यपि उनले बिहान ६ बजे अगाडि क्याम्पसको गेट खोलेर क्याम्पस प्रशासनको नियम विपरित काम गरेको भन्दै सुरक्षा गार्ड दाहाललाई नसियत दिएको बताए । नसियतमा यौन दुर्व्यवहारबारे भने केही उल्लेख गरिएको छैन ।

क्याम्पस प्रशासनले पीडकलाई कारबाही गर्ने आशामा २५ दिनसम्म कुर्दा पनि कारबाही नभएपछि पीडित महिलाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी गरेकी छिन् ।

महिलाले बिहीबार प्रहरीमा यौन दुर्व्यवहार गरेको उजुरी दिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी शिवकुमार श्रेष्ठले बताए ।

प्रहरीले बिहीबार नै आरोपी दाहाललाई पक्राउ गरिसकेको जनाएको छ । ‘उजुरीमा मुलुकी अपराध (संहिता) ऐनको दफा ११८ अनुसार कारबाहीको माग गरिएको छ’ डिएसपी श्रेष्ठले भने, ‘सोही ऐन अनुसार कारबाहीको लागि अनुसन्धान गरिरहेका छौं ।’

मुलुकी अपराध संहिताको दफा ११८ अनुसार के कारबाही हुन्छ ?

मुलुकी अपराध संहिताको दफा ११८ ले अभद्र व्यवहार गर्न नहुने उल्लेख गरेको छ । जसको उपदफा १ मा भनिएको छ – ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका तथा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा उद्योग गर्न हुँदैन ।’

उपदफा (२) ले त्यस्तो व्यवहार गरेमा कारबाहीको व्यवस्था गरेको छ । जसमा भनिएको छ, ‘उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुनेछ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रहरीबाटै महिला बलात्कृत

शुक्रबार साँझ सापटी लिएको रकम दिने बहानामा बोलाएर एक महिलामाथि बलात्कार गरेको आरोप चैना मुगुमा

श्रीमान् चुँड्ने विदेश

जन्मिएकै वर्ष आमा गुमाउनु । पाँच वर्षमा बुबा गुमाउनु । श्रमिक भएर बाँच्ने

मलाई मेरो पहिचान दे !

-श्रीभक्त पौडेल - ए समाज ! मलाई मेरो पहिचान दे ! कहिलेसम्म मलाई साहिँली, माहिली र कान्छी भनेर चिनाउँछस्

लैंगिक हिंसा विरुद्ध चित्रकला प्रर्दशनी तथा कविता वाचन

सो अवसरमा कलाकार रसिकराज र इपिएस स्कुलका विद्यार्थीहरुको तयार गरेका महिला हिंसाको अवस्था झल्किने चित्रकला

दमकमा ३७ प्रतिशत बढी बालबालिकाको जन्मदर्ता छैन

-विष्णुप्रसाद पोखरेल- झापाको दमक नगरपालिकामा जन्मेका ३७ प्रतिशत बालबालिकाहरुको जन्मदर्ता नै नहुने गरेको पाइएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: