साबित्रीको नेतृत्वमा मुख्यमन्त्रीको कार्यालय घेराउ


प्रकाशित मिति :2018-10-03 15:07:20

–महिला खबर–

ललितपुर । निर्मला पन्तका हत्यारा पक्राउ गर्न माग गर्दै अधिकारकर्मीले प्रदेश नम्बर ७ को मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् ।

अधिकारकर्मी सावित्री सुवेदीको नेतृत्वमा महिलाहरुले मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका हुन् । सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै महिलाहरुले मुख्यमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

‘घटना भएको ७० दिन नाघिसक्यो । हामी दोषीलाई चिन्न चाहान्छौं । मुख्यमन्त्री लगायत प्रदेश सरकार भने दोषी पत्ता लगाउने तर्फ खासै चासो दिइरहेको छैन’ अधिकारकर्मी सुवेदीले भनिन्, ‘न्यायका खातिर अब महिलाहरु चुप लागेर बस्नु हुन्न ।’

यस्तै घटना विरुद्ध आज कैलाली र कञ्चनपुरका महिलाहरुले हातमा कुचो बोकेर प्रदर्शन गरेका छन् ।

संघर्ष समितिको अगुवाईमा महिलाहरुले हातमा कुचो समातेर महेन्द्रनगर र धनगढी बजारमा प्रदर्शन गरेका हुन् ।

संघर्ष समितिले घटना भएदेखि नै चरणबद्ध रुपमा विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

निर्मलाका हत्यारा पत्ता नलागुञ्जेलसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

कारबाहीमा होइन पैसामा न्याय !

-चन्द्रकला शाह- बाजुरा । पैसामा घटना मिलेपछि महिलाले थप लाञ्छना भोग्ने गरेका छन् ।

घरेलु हिंसा पीडित सीता मृत भेटिइन्

–महिला खबर– ललितपुर । बैतडीको मेलौली नगरपालिका ३, की सीता भट्ट हराएको डेढ महिनामा मृत भेटिएकी

‘श्रीमती’ को रूपमा बेचिँदै कलिला छोरीहरू

ललितपुर । नाइजेरियामा एउटा परम्परा छ । जसलाई ‘पैसाको लागि विवाह’ नामले चिनिन्छ । उक्त

आज दसैँको टीका

राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: