महिलाले हाँकेका विद्यालय


प्रकाशित मिति :2018-10-02 12:44:45

-पार्वती पाण्डे-

कपिलवस्तु । कपिलवस्तुको डाँडा वाणगंगामा रहेको नवदुर्गा निम्न माध्यामिक विद्यालयमा महिलाले मात्रै नेतृत्व गरेका छन् ।

विद्यालय सञ्चालनको लागि गठन हुने व्यवस्थापन समिति र अभिभावक संघमा अध्यक्षदेखि सदस्यसम्म महिला मात्रै छन् ।

वाणगंगा नगरपालिका वडा नं ७ मा पर्ने यो विद्यालयमा महिलाहरुले नेतृत्व सहित राम्रो अवसर पाएका हुन् । गाउँका सक्रिय महिलाहरु समितिमा छन् ।

उनीहरुले शिक्षामा नयाँपन दिने घोषणा समेत गरेका छन । विद्यालयमा भएको भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गंगा गिरी (गुरुङ) लाई चयन गरेको हो ।

समितिको सदस्यहरुमा शिवा गाहा, लक्ष्मी घर्ती, इन्द्रा सुनार, शान्ता दर्लामी, रिता थारु, कमला बिक , बमकुमारी थापा रहेका छन् ।

अध्यक्ष गिरीले भनिन्, ‘व्यवस्थापन समितिमा सबै महिला छौ । यो गौरवको विषय हो । हामीले गरेको काम अरुले अनुशरण गर्ने गरि काम गर्छौं ।’ उनले अवसर पाएमा महिलाले जस्तोसुकै काम पनि सहज रुपमा गर्न सक्ने समेत बताईन् ।

त्यस्तै विद्यालयका अभिभावकको भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा सृजना सेजवाललाई सर्वसम्मत चयन गर्यो ।

शिक्षक अभिभावक संघका अरु सदस्य पनि महिला मात्रै छन् । संघको सदस्यमा अनिता थारु, गोमा सेजवाल, सरस्वती सुनार, दमन्ता विक, पार्वती सुनार, गीता पोख्रेल रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: