किन सकिनौं आमा ?


प्रकाशित मिति :2018-09-27 12:19:24

भाई बहिनीसंग स्कूलबाट आउँदा बाटोमा देखेको लाहुरेसँग
बुबाले मेरो विहेको कुरा छिन्दै गर्दा बाल विवाह गर्न हुँदैन
भन्न किन सकिनौं आमा ?

मेरो कलिलो मस्तिष्कले देखेको विवाहको सुन्दर सपनाको त्यो महल,
चकनाचुर पारी मेरो शरीर लासलाई गिद्धले लुछे सरह लुछ्दा,
तिमीमाथि वैवाहिक बलात्कार भयो भन्न, किन सकिनौं आमा ?

अनिता न्यौपाने थपलिया

तिम्रो जुवाइँले हरेक दिन विभिन्न लान्छना लगाउदै,
मलाई मरणासन्न हुने गरी कुटपिट गर्दा समेत तिमीमाथि
घरेलु हिंसा भयो भनि किन आवाज उठाउन सकिनौं आमा ?

अन्यायको नालीबेली थाहा पाएर पनि,
छोरीको जात ‘पाले पुण्य, मारे पाप’ भनि कन्यादान दिएपछि,
उनीहरुको सेवा नै हाम्रो कर्तव्य हो भनि फकाउनुको साटो
अपराधीलाई कानूनको कठघरामा लान किन सकिनौं आमा ?

मेरो नाबालक बहिनीलाई सम्पति देखेर,
मगज बिग्रेको व्यक्तिसँग बुवाले विवाह गरिदिँदा,
छोरीको जिन्दगी नबिगार भन्न किन सकिनौं आमा ।

बहिनी लोग्नेको घरमा बस्न नसकि फर्केर आउँदा,
आईज छोरी त यहीं बस् भाईको जत्तिकै,
यो पनि तेरै घर हो भन्न किन सकिनौं आमा ?

त्यो पल्ला घरकी डल्लीलाई माथ्ला घरमा काकाले
जबरजस्ती गर्दा समेत आवाज किन उठाउन सकिनौं आमा ?
गाउँलेले त्यो डल्लीलाई जबरजस्ती काकाको जिम्मा लाउँदा समेत
त्यसको विरुद्धमा बोल्न किन सकिनौं आमा ?

तिम्रो मौनताले आज डल्लीलाई बेचबिखनको शिकार बनायो, उ बेचिई आमा

अरुका लागि त कहिल्यै बोलिनौ आमा
भाई र बुबाले तिम्रो भागै नराखी अंश गरी लिदा पनि
तिमी बोलिनौ आमा
कम से कम आफ्ना लागी त बोल आमा ।

बल्ल थाहा पाएँ आमा, तिमी किन बोलिनौ,
त्यो संस्कार नामको चस्माले तिम्रा आँखा छोपिएका थिए,
त्यो इज्जत नामको पट्टीले तिम्रो मुख बाँधिएको थियो ।
र त्यो समाज नामको हाउगुजीले तिमीलाई तर्साएको थियो ।
तर,
अब अति भो, तिमी बोल्छौ आमा,
तिमी मात्र किन, म पनि बोल्छु,
भुन्टी, चमेली, डल्ली हामी सबै बोल्छौ,
अन्याय विरुद्धमा बोल्छौ आमा ।
त्यो संस्कार नामको चस्मा,
इज्जत नामको पट्टी र
समाज नामको हाउगुजीले छेक्न सक्दैन आमा ।

अब त संविधान बोल्छ
फौजदारी र देवानी संहिता बोल्छ
किनकी हाम्रा अधिकारका लागि वकालत गर्न ल्याकको साथ छ आमा
अब अन्यायको विरुद्ध बोल्छौं
हरेक महिला बोल्छन् र बोल्नै पर्छ आमा
अब बोल्नै पर्छ, बोल्नै पर्छ, अब बोल्नै पर्छ आमा ।

(उहाँ ल्याकको अध्यक्ष हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

कारबाहीमा होइन पैसामा न्याय !

-चन्द्रकला शाह- बाजुरा । पैसामा घटना मिलेपछि महिलाले थप लाञ्छना भोग्ने गरेका छन् ।

घरेलु हिंसा पीडित सीता मृत भेटिइन्

–महिला खबर– ललितपुर । बैतडीको मेलौली नगरपालिका ३, की सीता भट्ट हराएको डेढ महिनामा मृत भेटिएकी

‘श्रीमती’ को रूपमा बेचिँदै कलिला छोरीहरू

ललितपुर । नाइजेरियामा एउटा परम्परा छ । जसलाई ‘पैसाको लागि विवाह’ नामले चिनिन्छ । उक्त

आज दसैँको टीका

राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: