पश्चिम नेपालमै पहिलो पटक फिस्टुला उपचार केन्द्र


प्रकाशित मिति :2018-09-23 12:51:42

–लक्ष्मी भण्डारी–

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला उपचार केन्द्र स्थापना भएको छ । पश्चिम नेपालमै पहिलो पटक फिस्टुलाको उपचारको लागि सुर्खेतमा उपचार केन्द्र स्थापना भएको हाे ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँको हाताभित्र ६ करोडको लागतमा फिस्टुला उपचाराको लागि अस्पताल सञ्चालनमा ल्याइएको हो । फिस्टुला उपचार केन्द्रको शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले उद्घाटन गरे ।

इन्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ)अन्तर्गतको फिस्टुला फाउण्डेसन तथा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको सहयोगमा सुर्खेतमा १७ बेडको फिस्टुला उपचार केन्द्र स्थापना भएको हो ।

सुर्खेतमा स्थापना भएको फिस्टुला उपचार केन्द्रको भवन

फिस्टुला उपचार केन्द्रका निर्देशक तथा स्त्री रोग विशेषज्ञ डा. सेर्ली हेउडका अनुसार सुर्खेतमा सन् २००९ देखि शिविरका रूपमा फिस्टुलाको उपचार हुँदै आएको थियो । अब भने फिस्टुला उपचार केन्द्रबाट वर्षभरी नै सेवा दिन सकिने उनले बताइन् ।

फिस्टुला उपचार केन्द्रको भवनभित्र आवश्यक उपकरण १ करोड रुपैयाँ बराबरको लगानीमा खरिद गरिएको छ । फिस्टुला उपचार केन्द्रको भवन निर्माणका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आफ्नो हाताभित्रको जग्गा प्रदान गरेको छ ।

फिस्टुला उपचार केन्द्र क्षेत्रीय अस्पतालकै निगरानीमा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. डम्बर खड्काले बताए । केन्द्रमा स्त्री तथा प्रसूति रोग विशेषज्ञसहित १७ जना कर्मचारीको दरबन्दी छ ।

कर्णाली क्षेत्रका विभिन्न ठाउँमा फिस्टुलाको समस्या महिलाहरु धेरै भएकाले त्यस्ता महिलाहरुको उपचारको लागि आफूले अस्पताल खोल्नेगरि देखेको सपना पूरा भएको फिस्टुला केन्द्रकी निर्देशक तथा स्त्री रोग विशेषज्ञ डा. सेर्लीले बताइन् ।

यो मध्य तथा सुदुरपश्चिम क्षेत्रमा खुलेको पहिलो फिस्टुला अस्पताल हो । उपचार केन्द्र सञ्चालनमा आएसँगै कर्णाली प्रदेश तथा प्रदेश नम्बर ७ का फिस्टुला र स्त्री तथा प्रसूति रोगबाट प्रभावित महिलाहरुलाई उपचारका लागि सहज हुने फिस्टुला केन्द्रका इन्चार्ज कृपा चौधरीले जानकारी दिइन् । उनका अनुसार अहिलेसम्म बिरामीहरुले सेवा लिन धरान र काठमाडौं जानुपर्ने बाध्यता थियो ।

सुर्खेतमा १० वर्षयता वर्षको एक पटक शिविर सञ्चालन गरेर फिस्टुलाको शल्यक्रिया गरिँदै आएको थियो । यो अवधिमा २ सय ५० जनाले शिविरमा उपचार आएको चौधरीले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिकाको प्रदेश ३ मा सरिता

-महिला खबर- ललितपुर । सञ्चारिका समूहको प्रदेश ३ स्तरीय प्रदेश समिति गठन भएको छ । प्रदेश

मलाई फाँसी मन्जुर छ !

-हेमन्त गिरी- स्केच तयार भयो-हुवहु म जस्तै ! जजसाब, मै रैछु बलात्कारी !

वामदेव गौतम भन्छन्ः केन्द्रीय कमिटीमा ७७ जना महिला थपौं

यस्तो अवस्थामा के ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा सफल होला ? धेरैले यो

आमाको हत्यापछि बाबु जेलमा, दुई छोरीको बिच्चली

-सर्मिला बुढाथोकी- दोलखा । जिरी नगरपालिका ९, ठूलोपातलका तस्विर तमाङले श्रीमतीको हत्यागरे पछि उनको दुई छोरी

ख्याउँची …

त्यसैले त जीवनकै चेकपोष्टमा उँभिएर सर्पले भ्यागुत्ता निले झै खर्लप्पै निल्न मन छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: