इह्रिकनमा मीना शर्मा निर्वाचित


प्रकाशित मिति :2018-09-23 11:23:53

–महिला खबर–

काठमाडौ । मानव अधिकार संचार प्रतिष्ठान (इह्रिकन) को अध्यक्षमा अधिकारर्मी एवं प्रशिक्षक मीना शर्मा अध्यक्ष निर्वाचित भएकी छन् ।

मीना शर्मा

संस्थाको अठारौं साधारणसभाले शान्ति, मानव अधिकार र लैंगिक हिंसा विषयका प्रशिक्षक मीना शर्मालाई आगामी तीन वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न विषयमा प्रशिक्षण दिँदै आएकी शर्मा यस अघिको कार्य समितिमा उपाध्यक्ष थिइन् ।

कार्य समितिको उपाध्यक्षमा रबिना श्रेष्ठ, महासचिवमा नेहा शर्मा, सचिवमा रीता सापकोटा र कोषाध्यक्षमा अनिता विष्ट निर्वाचित भएका छन् । श्रेष्ठ यस अघिको कार्य समितिमा महासचिव, सापकोटा सचिव, नेहा तीन वर्ष अघिको कार्य समितिमा सचिव थिइन् ।

कार्य समितिको सदस्यहरुमा शारदा कोइराला, कर्ण नेपाली, रोशनी अधिकारी र देविका तिम्सिना चयन भएका छन् । कार्य समिति चयनका लागि वरिष्ठ पत्रकार टंक पन्त, तीर्थ कोइराला र राधा बुढाथोकीको निर्वाचन मण्डलले काम गरेको थियो ।

साधारणसभाको उद्घाटन सत्र संस्थाका अध्यक्ष एवं मानव अधिकारकर्मी, पत्रकार अमृता लम्सालको अध्यक्षतामा भएको थियो ।

साधारणसभाले महासचिव रबिना श्रेष्ठ र कोषाध्यक्ष अनिता बिष्टले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: