प्रतिनिधिसभाका १० मध्ये ६ समितिमा महिला सभापति


प्रकाशित मिति :2018-09-21 14:35:11

–महिला खबर–

ललितपुर । प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये ६ समितिको सभापतिमा महिला चयन भएका छन् ।

६ वटै समितिको सभापति पदका लागि बिहीबार महिला सांसदले मात्रै उम्मेदवारी दिएका थिए । उनीहरु सबै निर्विरोध सभापति चयन भएका हुन् ।

उपसभामुख डा‍ शिवमाया तुम्बाहाम्फेसँग ६ जना समिति सभापति ।

सबै जनाले आज शुक्रबार सभापति पदको सपथ लिएका छन् । निर्वाचित सभापतिहरुमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी रहेका छन् ।

त्यसैगरी महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, राज्यव्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खड्का र शिक्षा समितिमा जयपूरी घर्ती चयन भएका छन् । उनीहरु सबै नेकपाका सांसद हुन् ।

प्रतिनिधिसभा नियमावलीले विषयगत समितिमध्ये कम्तिमा ३३ प्रतिशतमा महिला सभापति हुनुपर्ने व्यवस्था गरेको छ । तर, ६ जना महिला समिति सभापति हुँदा विषयगत समितिमा महिलाको नेतृत्व ६० प्रतिशत पुग्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिकाको प्रदेश ३ मा सरिता

-महिला खबर- ललितपुर । सञ्चारिका समूहको प्रदेश ३ स्तरीय प्रदेश समिति गठन भएको छ । प्रदेश

मलाई फाँसी मन्जुर छ !

-हेमन्त गिरी- स्केच तयार भयो-हुवहु म जस्तै ! जजसाब, मै रैछु बलात्कारी !

वामदेव गौतम भन्छन्ः केन्द्रीय कमिटीमा ७७ जना महिला थपौं

यस्तो अवस्थामा के ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा सफल होला ? धेरैले यो

आमाको हत्यापछि बाबु जेलमा, दुई छोरीको बिच्चली

-सर्मिला बुढाथोकी- दोलखा । जिरी नगरपालिका ९, ठूलोपातलका तस्विर तमाङले श्रीमतीको हत्यागरे पछि उनको दुई छोरी

ख्याउँची …

त्यसैले त जीवनकै चेकपोष्टमा उँभिएर सर्पले भ्यागुत्ता निले झै खर्लप्पै निल्न मन छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: