आफ्नै सानीमा हुन् ६ महिने नाबालकलाई एसिड छ्यापेर मार्ने


प्रकाशित मिति :2018-09-21 14:09:42

–महिला खबर–

ललितपुर । अछाममा ६ महिने बालकलाई एसिड खुवाएर हत्या गर्ने सहोदर सानीमा भएको खुलेको छ । दिदीसँगको रिस पोख्न ६ महिनाको नाबालक छोरालाई एसिड खुवाउनुका साथै शरीरभर छ्यापेर हत्या गरेको खुलेको हो ।

तुर्माखाँद गाउँपालिका ४, चिसीका ६ महिने नाबालक मुस्कान बयककी सहोदर सानीमा जानकी बयक उनको काकी पनि हुन् । उनले आफूले बालकलाई २ थोपा एसिड खुवाएर बाँकी शरीरमा छ्यापेको प्रहरीसँग स्वीकारेकी हुन् ।

जानकी र मुस्कानकी आमा देवसरा वयक सहोदर दिदीबहिनी हुन् । भने श्रीमानको घरमा भने जेठानी देउरानी हुन् । जानकीले देवसराकै देवरसँग भागेर बिहे गरेकी थिईन् ।

प्रहरीका अनुसार बिहेअघि पनि उनीहरुको दिनहुँ झगडा परिरहन्थ्यो । बिहे पश्चात पनि झगडा भइराख्ने गथ्र्यो । एउटै आमाका छोरी भए पनि एकले अर्काको रिस मान्ने गरेको गाउँलेले बताएको जिल्ला प्रहरी कार्यलय अछामका डीएसपी जनक शाहीले बताए ।

एसिड प्रहारबाट गम्भीर घाइते भएका बाललको उपचारको लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । जानकी अहिले जिल्ला प्रहरी कार्यलयको हिरासतमा छिन् ।

उनलाई जिल्ला अदालत अछामबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय अछामका डीएसपी जनक शाहीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

कारबाहीमा होइन पैसामा न्याय !

-चन्द्रकला शाह- बाजुरा । पैसामा घटना मिलेपछि महिलाले थप लाञ्छना भोग्ने गरेका छन् ।

घरेलु हिंसा पीडित सीता मृत भेटिइन्

–महिला खबर– ललितपुर । बैतडीको मेलौली नगरपालिका ३, की सीता भट्ट हराएको डेढ महिनामा मृत भेटिएकी

‘श्रीमती’ को रूपमा बेचिँदै कलिला छोरीहरू

ललितपुर । नाइजेरियामा एउटा परम्परा छ । जसलाई ‘पैसाको लागि विवाह’ नामले चिनिन्छ । उक्त

आज दसैँको टीका

राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: