अन्तर्राष्ट्रिय महासन्धिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध


प्रकाशित मिति :2018-09-20 16:03:29

-महिला खबर-

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला अधिकारका लागि नेपाल पक्ष राष्ट्र भई गरिएका अन्तर्राष्ट्रिय महासन्धि कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

महिला, विकास र कानून मञ्च (एफडब्लूएलडी)ले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘महिला महासन्धि अन्तर्गतको छाया प्रतिवेदनमाथिको राष्ट्रिय कार्यशाला गोष्ठी’ लाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाका अधिकारलाई संविधानमा समेटिएको बताउँदै त्यसलाई कार्यान्वयन गर्ने गरी कानून निर्माण भइरहेको बताइन् ।

मन्त्री थापाले मुलुकको नयाँ संरचनामा स्थानीय तह र प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार महिला अधिकारलाई दृष्टिगत गरी आवश्यक कानून बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

अहिले धेरै कानूनहरु बनेपनि प्रभावकारी कार्यान्वयन नहुँदा समस्या भएको उनले बताइन् ।

कार्यक्रममा अधिकारकर्मी चाँदनी जोशीले विभेदकारी परम्परागत अभ्यासलाई कानूनबाट नै प्रतिबन्ध लगाइनुपर्नेमा जोड दिँदै पीडितलाई न्याय उपलब्ध गराउनुपर्ने बताइन् ।

अर्का अधिकारकर्मी एवं प्रतिवेदनकी सदस्य बन्दना राणाले विभेद न्यूनीकरणका लागि निर्माण भएका ऐन, नियम र कानूनलाई सशक्तरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

एफडब्लूएलडीका निर्देशक सविन श्रेष्ठले महिलामाथि हुने विभिन्न किसिमका विभेदको अन्त्य गर्नुपर्ने बताउँदै उनीहरुको अधिकार संरक्षणका लागि देशको सातै प्रदेशबाट सुझाव सङ्कलन गरी बनाइएको प्रतिवेदनका बारे जानकारी गराएका थिए ।

दुई दिनसम्म चल्ने छलफलले प्रदेशस्तरबाट संकलन भएका सुझाव र कार्यशालामा उठेका विषयलाई समेटेर अन्तिम रुप दिइने कार्यक्रमकी सहजकर्ता एवं सञ्चारिका समूहकी उपाध्यक्ष कमला पन्थीले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: