नाबालकमाथि एसिड प्रकरणः आफ्नै काकी पक्राउ


प्रकाशित मिति :2018-09-20 15:48:51

–महिला खबर–

ललितपुर । अछामको तुर्माखाँद गाउँपालिका ४ मा ६ महिने नाबालकमाथि भएको एसिड प्रहारको आरोपमा नाबालककी आफ्नै काकी पक्राउ परेकी छन् । नाबालकलाई एसिड प्रहार गरेको आरोपमा काकी जानकी बयकलाई प्रहरीले पक्राउ गरेको हो ।

देवसरा बयकका ६ महिने छोरा मुस्कान बयकमाथी मंगलबार बिहान ११ बजे घरभित्रै सुताइराखेका बेला एसिड प्रहार भएको थियो ।नाबालकलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मंगलबार सुर्खेतमा नै मृत्यु भएको थियो ।

पक्राउ परेकी जानकीले आफूले बालकलाई एसिड प्रहार गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी जनक शाहीले महिला खबरलाई बताए । उनले भने, ‘जानकीले एसिड प्रहार गरेको स्वीकारे पनि किन प्रहार गरिन् भन्नेबारे बताएकी छैनन् ।’

घटना किन भयो भन्ने बारेमा अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए । घरायसी विवादका कारण नाबालकमाथि एसिड प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: