लागु भयो मौलिक हक सम्बन्धी कानून


प्रकाशित मिति :2018-09-19 17:25:38

–महिला खबर–

ललितपुर । संविधानले ग्यारेन्टी गरेका मौलिक हक सम्वन्धी कानून आज बुधबारदेखि लागू भएको छ । संविधान जारी भएको तीन वर्षभित्र लागु गर्नै पर्ने भएकाले संसदले मौलिक हक सम्बन्धी कानून बनाएको हो ।

मौलिक हकसँग सम्बन्धित कानून बनेसँगै जनताले संविधानको व्यवस्था अनुसारका अधिकार खोज्न पाउनेछन् । मुलुकको संविधानले नै नागिरकलाई आवास, खाद्य, आधारभूत शिक्षा र स्वास्थ्य लगायतका मौलिक हक प्रत्याभूत गरेको छ ।

संसदले मौलिक हक कार्यान्वयनका लागि १५ वटा कानून बनाए पछि आम जनताले ति अधिकारमा दाबी गर्न र नपाए न्यायका लागि अदालतको ढोका ढक्ढक्याउन पाउने छन् ।

असोज ३ गते भित्र कानून बनाउनै पर्ने संवैधानिक बाध्यता थियो । मौलिक हक को व्यवस्था लागू भएसँगै अबदेखि अति विपन्न नागरिकले आवासको सुविधादेखि बेरोजगारले भत्ता, निःशुल्क आधारभुत शिक्षा र स्वास्थ्य पाउनेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: