कुन पापीले हान्यो ६ महिने नाबालकलाई एसिड ?


एसिडले लियो ज्यान

प्रकाशित मिति :2018-09-19 17:25:14

–महिला खबर–

ललितपुर । रौतहटमा एसिड घटना सेलाउन नपाउँदै अछाममा ६ महिने बालकको एसिड प्रहारबाट मृत्यु भएको छ ।

अछामको तुर्माखाद गाउँपालिका ४ चिसिका ६ महिनाका बालक मुस्कान बयकको एसिड प्रहारका कारण मृत्यु भएको हो । मंगलबार बालकमाथि एसिड प्रहार भएको थियो ।

उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी जनक शाहीले महिला खबरलाई जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहान ११ बजेतिर बालकका आमा देवसरा बयकले दुध चुसाएर घरभित्रै सुताइ बाहिर काममा निस्किएकी थिइन् ।
आधा घण्टापछि घर फर्किने क्रममा बालक रुँदै गरेको र पुरै शरीरमा आगोले पोले जस्तै देखिएपछि उनलाई स्वास्थ्य चौकी लगिएको थियो ।

स्वास्थ्य चौकीले जिल्ला स्वास्थ्य कार्यालयमा रिफर गरेपनि त्यहाँ उपचार हुन संभव नभएपछि जिल्ला स्वास्थ्य कार्यालयले नेपालगञ्ज अस्पताल रिफर गरिएको थियो । तर बालकलाई उपचारको लागि नेपालगञ्ज पुर्याउन भ्याइएन । उनको बाटैमा मृत्यु भयो ।

प्रहरीले बालकमाथि एसिड छ्यापेको आशंकामा दुईजना नातेदारलाई पक्राउ गरेको छ । तर, बालकसँग ती दुईको नाता र उनहरुको परिचय भने खुलाइएको छैन । एसिड प्रहार गरेको आशंकामा पक्राउ परेका दुबै जना बालककै नातेदार भएको डिएसपी शाहीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: