एसिड प्रकरण : पक्राउ परेका पासवानलाई म्याद थपेर अनुसन्धान


सम्झनाको अवस्था नाजुक

प्रकाशित मिति :2018-09-19 16:12:19

–महिला खबर–

ललितपुर । रौतहटमा दुई दिदीबहिनीलाई एसिड हानेको अभियोगमा पक्राउ परेका रामबाबु पासवानलाई प्रहरीले आठ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक अमिर कुमार दाहालले महिला खबरसँग कुरा गर्दै पासवानलाई जिल्ला अदालतबाट मंगलबार आठ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको बताए ।  उनले भने, ‘हामी अनुसन्धानको क्रममा छौं । अनुसन्धान पश्चात कारबाही अगाडि बढाउँछौं ।’

गत भदौ २६ गते चन्द्रपुर नगरपालिका ६ का जालोलाल दासका छोरीहरु १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता दासलाई एसिड छ्यापेको आरोपमा प्रहरीले काठमाडौं किर्तिपुर हस्पिटलबाटै पक्राउ गरेको थियो । मध्यरातमा घरमा सुतिराखेका दुई बालिकामाथि एसिड हानिएको थियो ।

घाइते भएका दुबैजनाको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुसँग छिमेकी पासवान पनि सँगै आएका थिए । उनले घाइते बालिकालाई कुरुवा बस्न बाबु जादोलाललाई सघाइ रहेका थिए ।

महिला खबरको टीम किर्तिपुर हस्पिटल पुग्दा उनले यसभन्दा अघि पनि सोही गाउँमा एसिडको घटना घटेको बताएका थिए । कल डिटेलको आधारमा उनलाई काठमाडौं प्रहरीले पक्राउ गरि रौतहट पुर्याएको थियो ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरि पासवानलाई सार्वजनिक गरि सकेको छ । एकतर्फी प्रेमको कारण एसिड आक्रमण भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

सम्झनाको अवस्था अझै नाजुक

एसिड परेर दिदी सम्झनाको ३५ प्रतिशत भन्दाबढी भाग जलेको छ भने बहिनी सुस्मिताको ५ प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

हिनीलाई सामान्य वर्डमा राखिए पनि दिदीलाई भने सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । अस्पतालका डा.सुरेन्द्र बस्नेतले दुबै जनाको बुधबार छाला राखिएको महिला खबरलाई जानकारी गराए ।

उनले भने, ‘बहिनी सुस्मिताको अवस्था सामान्य छ । दिदी सम्झनाको अहिले केही भन्न सक्ने अवस्था छैन । उनको स्वास्थ्य स्थिति एक हप्ता पछि मात्रै थाहा हुन्छ ।’

यो पनि हेर्नुहोस्

रौतहट तेजाब आक्रमण : कुरुवाले नै छ्यापेको स्वीकार

बालिकामाथि एसिड प्रहारको आंशकामा कुरुवा नै पक्राउ

हामी दिदी बहिनीलाई मध्यरातमा एसिड छ्यापियो

बेकसुर जलाइए दुई बालिका (फोटो फिचर)

मध्य रातमा सुतेकै ठाउँमा तेजाब छर्कदा दुई बालिका घाइते

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिकाको प्रदेश ३ मा सरिता

-महिला खबर- ललितपुर । सञ्चारिका समूहको प्रदेश ३ स्तरीय प्रदेश समिति गठन भएको छ । प्रदेश

मलाई फाँसी मन्जुर छ !

-हेमन्त गिरी- स्केच तयार भयो-हुवहु म जस्तै ! जजसाब, मै रैछु बलात्कारी !

वामदेव गौतम भन्छन्ः केन्द्रीय कमिटीमा ७७ जना महिला थपौं

यस्तो अवस्थामा के ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा सफल होला ? धेरैले यो

आमाको हत्यापछि बाबु जेलमा, दुई छोरीको बिच्चली

-सर्मिला बुढाथोकी- दोलखा । जिरी नगरपालिका ९, ठूलोपातलका तस्विर तमाङले श्रीमतीको हत्यागरे पछि उनको दुई छोरी

ख्याउँची …

त्यसैले त जीवनकै चेकपोष्टमा उँभिएर सर्पले भ्यागुत्ता निले झै खर्लप्पै निल्न मन छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: