रौतहट तेजाब आक्रमण : कुरुवाले नै छ्यापेको स्वीकार


प्रकाशित मिति :2018-09-18 20:43:24

-महिला खबर-

ललितपुर । रौतहटको चन्द्रपुर नगरपालिका ६ मा गत भदौ २६ गते भएको दुई बालिकामाथिको तेजाब आश्रमणको घटनामा कुरुवा रामबाबु पासवाननै संलग्न भएको पाइएको छ ।
काठमाडौं किर्तिपुर अस्पतालमा उपचाररत १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता दासलाई कुरुवा बसेका छिमेकी पासवानलाई शंका लागेपछि प्रहरीले उनलाई सोमबार हस्पिटलबाटै पक्राउ गरि रौतहट पु¥याएको थियो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पासवानलाई मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक केदार ढकालले एकतर्फी प्रेमका कारण ५० वर्षीय पासवानले तेजाब प्रहार गरेको खुल्न आएको बताए । दिदी सम्झनालाई तेजाब छर्कीएपनि सँगै सुतेकी बहिनी सुस्मितालाई समेत परेको थियो ।

भदौ २६ गते तेजाब परेर घाइते भएका दुई दिदीबहिनीलाई चपुर हस्पिटलमा उपचार हुन नसकेपछि काठमाडौं किर्तिपुर हस्पिटलमा ल्याइएको थियो । काठमाडौं ल्याउने क्रममा पासवान पनि बालिकाका बुबा जादोलाल दाससँगै हस्पिटल आएका थिए ।

कल डिटेलको क्रममा युवतीलाई पासवानलाई निरन्तर फोन गर्ने परेको पाइएको छ । प्रहरी उपरीक्षक ढकालले घटना हुनुअघि १५ दिनको अवधिमा पासवानले बालिकालाई मोबाइलमा १ सय १५ पटक फोन गरेको पाइएको बताए ।

विगत दुई महिनाको अवधिमा पासवानले झण्डै ३ सय पटक फोन गरेको कल डिटेलबाट खुलेको पाइएको थियो । युवतीले रामबाबुको फोन उठाएर सम्वाद नगरेको पाइएको छ ।

आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा पासवानले तेजाब आक्रमण गरेको खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढकालले जानकारी गराए ।
दुबै बालिकाको अहिले किर्तिपुर हस्पिटलमा उपचार भइरहेको छ ।

 

तेजाब प्रहारबाट दिदी सम्झनाको ३५ प्रतिशत भन्दाबढी भाग लगेको छ भने बहिनी सुस्मिताको ५ प्रतिशत भन्दाबढी भाग जलेको छ । बहिनीलाई सामान्य वार्डमा राखिएपनि दिदी सम्झनालाई भने सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ ।

 

यो पनि हेर्नुहोस्

हामी दिदी बहिनीलाई मध्यरातमा एसिड छ्यापियो

बालिकामाथि एसिड प्रहारको आंशकामा कुरुवा नै पक्राउ

बेकसुर जलाइए दुई बालिका (फोटो फिचर)

    Comment Here!

Related NEWS
मुख्य खबर

सफा गाउँ अभियानले बिरामी कम

प्रकाश सिंह/महिला खबर उनले भनिन् ‘पहिला महिनामा दश बाह्र जना बिरामी पर्थे, अहिले भने महिनामा एक/दुई

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: