बालिकामाथि एसिड प्रहारको आंशकामा कुरुवा नै पक्राउ


प्रकाशित मिति :2018-09-17 20:53:55

-महिला खबर

ललितपुर । रौतहट चन्द्रपुर नगरपालिका ६ का दुई बालिकामाथि एसिड आक्रमणको आशंकामा कुरुवा नै पक्राउ परेका छन् । एसिड आक्रमणबाट घाइते भई उपचारका लागि गत भदौ २७ गते काठमाडौं ल्याइएका दुई किशोरीहरुका कुरुवा नै अस्पतालबाट पक्राउ परेका हुन् ।

एसिड आक्रमणमा परेका दुई दिदीबहिनी १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता दासलाई अस्पतालमा कुर्न आएका उनीहरुका छिमेकी रामबाबु पासवानलाई सोमबार किर्तिपुर अस्पतालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि दोषी पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना भएको थियो । छिमेकी पासवानमाथि नै शंका बढ्दै गएपछि नियन्त्रणमा लिएर अनुसन्धानका लागि रौतहट पठाइसकिएको प्रहरीले जनाएको छ ।

दुवै बालिकालाई गत भदौ २६ गते घरमा सुतिरहेको बेला राति १२ बजे एसिड प्रहार भएको थियो । उनीहरुको चन्द्रपुर हस्पिटलमा उपचार हुन नसकेपछि काठमाडौं किर्तिपुर हस्पिटलमा ल्याइएको थियो ।

एसिड प्रहारबाट दिदी सम्झनाको ३५ प्रतिशत भन्दाबढी भाग लगेको छ भने बहिनी सुस्मिताको ५ प्रतिशत भन्दाबढी भाग जलेको अस्पतालले जनाएको छ ।
बहिनीलाई सामान्य वार्डमा राखिएपनि दिदी सम्झनालाई भने सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ ।

यो पनि हेर्नुहोस्

हामी दिदी बहिनीलाई मध्यरातमा एसिड छ्यापियो

बेकसुर जलाइए दुई बालिका (फोटो फिचर)

    Comment Here!

Related NEWS
मुख्य खबर

नेपाली चेलीलाई ‘हार्वर्ड हिरो २०१९’ को उपाधि

उनको कार्य सम्पादन मुल्याङ्कनलाई आधार मानेर  उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ ।

शितलका हत्यारालाई थुनामा राख्न आदेश

आफूबाट टाढिएर अर्कै केटासँग कुरा गर्न थालेको आशंकामा तामाङले शितलको हत्या गरेको स्वीकार गरेको पाँचथर

सफा गाउँ अभियानले बिरामी कम

प्रकाश सिंह/महिला खबर उनले भनिन् ‘पहिला महिनामा दश बाह्र जना बिरामी पर्थे, अहिले भने महिनामा एक/दुई

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: