हामी दिदी बहिनीलाई मध्यरातमा एसिड छ्यापियो


प्रकाशित मिति :2018-09-15 12:45:29

–महिला खबर–

ललितपुर । मेरो नाम सुस्मिता दास हो । रौतहट चन्द्रपुर नगरपालिका ६ मा मेरो घर छ । अहिले १५ वर्ष पुगें । गाउँकै जनज्योति उच्च माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्छु । मेरो आमा मलेसियामा हुनुहुन्छ । बुबाले डेढ वर्ष अघि कान्छी आमा ल्याउनुभयाे ।

म पट्टी एक दिदी र भाई छौं । कान्छी आमा पट्टि दुई बहिनी छन् । कान्छी आमा हामीलाई माया गर्नुहुन्छ ।

मंगलबारको दिन गाउँभरी तीजको चहल पहल थियो । त्यो दिन दर खाने दिन । हामीले पनि दर खायौं । भोली पल्ट तीजको दिनमा साथीहरुसँग घुम्न बजार जाने सोच थियो ।

म सधैं दिदी (सम्झना दास, १८) सँग सुत्थें । हाम्रो घर नजिकै पुल हाउस थियो । बुबा (ज्यादोलाल दास) र भाई पुल हाउसमा जानु भएको थियो । अर्को कोठामा कान्छी आमा र बहिनी सुतेका थिए ।

हाम्रो सिरानी पट्टि नै झ्याल थियो । पछाडिबाट सजिल्लै मान्छे आउन सक्थे । हामी निदाइरहेका थियाैं । त्यतिबेला राति १२ बजेकाे रहेछ । मलाई एक्कासी हात पाेल्न थाल्याे । निन्द्राबाट उठें । हातमा चिल्लाे चिल्लाे पदार्थ थियाे ।  हामीलाई एसिड छर्किएको रहेछ । दिदी त धेरै अात्तिनुभएकाे थियाे । दिदीकाे मुखभरी एसिड रहेछ ।

हामी चिच्यायौं । एसिड परेकाे ठाउँमा भतभत पोलेको थियो । झुल, कपडा सबै डढेको थियो । रुँदै मम्मीलाइ ढोका खोल्नुस् भन्यौ । मैले ढोका खोल्नु न खोल्नु भन्दै चिच्याएँ । हामी चिच्याएपछि गाउँका अरुपनि जम्मा भए ।

ठूलो बुबा आउनुभयो । के भयो भन्नुभयो । दिदीले आत्तिएर ठूलो बुबालाई अंगालो हाली । मैले कान्छी आमालाई । तेजाब हो भनेर छिटो–छिटो हाम्रो शरीरमा पानी हालेर चिस्याए । राति नै हामीलाई चन्द्रपुर हस्पिटल लगियाे ।

त्यहाँ ड्रेसिङ गरिदिए । उपचार गर्न नसकेपछि हामीलाई किर्तिपुर हस्पिटल काठमाडौंमा ल्याइयो । दिदी र मलाई सलाईन पानी चढाए । दिदी बाेल्न सक्दिन । उसलाई सघन उपचार कक्ष (आइसियु) मा राखिएको छ । दिदीलाई बढी एसिड परेको छ । उसको टाउको, घाँटी, छातीमा एसिड परेको छ ।

मेरो दाहिने हात र घाँटीमा परेको छ । दिदीलाई छ्याप्दा मलाई परेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: