सरकारी कर्मचारी नै भन्छन् : समन्वय नहुँदा बालबालिकामाथि हिंसा बढ्यो


प्रकाशित मिति :2018-09-13 16:33:17

–महिला खबर–

ललितपुर । देश संघीय संरचनामा गइसकेपछि स्थानीय तहले प्रभावकारी रुपमा काम गर्न नसकेकोले बालिकामाथि बलात्कार, यौनजन्य हिंसा तथा असुरक्षा बढेको सरकारी कर्मचारीहरुले नै बताएका छन् ।

?

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बिहीबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा महिला मन्त्रालयकै उपल्लो तहका कर्मचारीहरुले स्थानीय तहमा रहेका आफ्ना विषयगत कार्यालयहरु र स्थानीय तहको समन्वय प्रभावकारी नहुँदा पनि बालबालिका माथि हिंसा बढेको बताएका हुन् ।

‘देश संघीय स्वरुपमा गएपछि महिला बालबालिकाको समस्यामा स्थानीय तहसँग समन्वय गर्न सकिएको छैन’ महिला मन्त्रालयकी सह–सचिव राधिका अर्यालले भनिन्, ‘बालबालिकामाथि हिंसा बढ्नुको एउटा कारण यो पनि हो ।’

त्यसैगरी कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रवक्ता राजेन्द्र पौडेलले अब विस्तारै यो समस्या हट्ने पनि बताए ।
उनले महिला मन्त्री, महिला बालबालिकाको विषयमा गम्भिर रहेकोले उहाँले स्थानीय तहले छुट्टै महिला तथा सामाजिक विकास शाखा बनाएर महिला बालबालिकाको विषय हेर्न पनि निर्देशन दिएको बताए ।

त्यस्तै संसदबाट पास भएको महिला बालबालिकाको सुरक्षा तथा अन्तर्राष्ट्रिय सन्धीको पालना सम्बन्धी संकल्प प्रस्ताव अनुरुप कार्ययोजना पनि बनाएर अघि बढ्ने उनले बताए ।

छुट्टै कार्यक्रम गरेर बालदिवस

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले विभिन्न कार्यक्रम गरेर बालदिवस मनाउने भएको छ । मन्त्रालयले २०६६ सालदेखि हरेक वर्ष भदौ २९ गते बालदिवस मनाउँदै आएको छ ।

?

यसवर्ष ‘सुखी नेपाली, समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार’ भन्ने मूल नारासहित बाल दिवस मनाउन लागेको हो । सो अवसरमा बुधबार साँझ विभिन्न प्रकारका हिंसा, दैवी प्रकोप लगायतबाट ज्यान गएका बालबालिकाका सम्झनामा दीप प्रज्वलन गर्ने र बिहीबार एक औपचारिक कार्यक्रम गरेर बाल दिवस मनाउन लागिएको केन्द्रीय बालकल्याण समितिकी अध्यक्ष बबिना बस्नेतले जानकारी दिईन् ।

२०६८ सालको जनगणना अनुसार नेपालमा १८ वर्षमूनीका ४१.८४ प्रतिशत, १६ वर्षमूनीका ३७.३७ प्रतिशत र १४ वर्षमूनीका ३२.३५ प्रतिशत बालबालिका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: