प्रदेश ३ मा ‘स्कुल स्कुलमा प्रहरी’


प्रकाशित मिति :2018-09-13 16:15:10

–महिला खबर–

ललितपुर । यौन हिंसा न्यूनीकरणका लागि प्रदेश नम्बर ३ मा प्रहरीले विशेष कार्यक्रम सञ्चालन गरेको छ ।

दिन प्रतिदिन बढ्दै गएका यौनजन्य अपराधका घटना न्यूनीकरण गर्न प्रदेश नम्बर ३ को प्रहरीले प्रदेशमा रहेका १० वटै जिल्लामा ‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम सञ्चालन गरेको प्रहरी निरीक्षक रोशन थापाले महिला खबरलाई बताए ।

पछिल्लो समय बढ्दै गएको यौनजन्य अपराधलाई मध्यनजर गर्दै घटना न्यूनीकरणमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको प्रहरी निरीक्षक थापाले बताए ।

महिला तथा बालबालिकामाथि यौनजन्य घटना प्रायजसो आफन्त, टोल, छिमेक, नातेदार, शिक्षक, अभिभावक र आफन्तैबाटै बढी हुने गरेका कारण बालबालिकाहरूलाई सचेत गराउन अभियान थालेको पनि उनले बताए ।

१० वटै जिल्लामा रहेका कक्षा १ देखी १२ कक्षासम्म पढाई हुने निजी तथा सामुदायिक विद्यालयमा अहिले जनचेतनामूलक कार्यक्रम गरिरहेको प्रहरीले जनाएको छ ।

अभियानका दौरानमा विद्यार्थीलाई यौन हिंसा के हो ? कसरी यस्तो हिंसा हुन्छ ? कस्ता क्रियाकलाप यौन हिंसा हुन् ? यसबाट बच्न के गर्ने ? यौनजन्य हिंसा भए कहाँ र कसलाई उजुरी गर्ने ? प्रहरीले कसरी सहयोग गर्छ ? भन्नेबारे जानकारी गराइने छ ।

भदौ २५ गतेबाट सुरु गरिएको कार्यक्रम असोज २५ गतेसम्म सञ्चालन गर्ने प्रहरी निरीक्षक थापाले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: