बेकसुर जलाइए दुई बालिका (फोटो फिचर)


प्रकाशित मिति :2018-09-13 17:32:37

–सन्दिप वि‍.क–

ललितपुर । काठमाडौंको किर्तिपुर अस्पताल । अस्पतालको एक तल्ला माथि छ प्लास्टिक सर्जरी कक्ष । त्यही कक्षको १ नम्बर वेडमै छिन्, रौतहट चन्द्रपुर नगरपालिका ६ कि १५ वर्षीया सुस्मिता दास ।

त्यसैको ठिक माथि पट्टिको सघन उपचार कक्ष (आइसीयू) मा उनकी १८ वर्षीया दिदी सम्झना दास मृत्युसँग जुधिरहेकी छिन् ।

बहिनीको अवस्था सामान्य भए पनि दिदीको अवस्था भने गम्भीर छ । अस्पतालका डाक्टर प्लाष्टिक सर्जन सुरेन्द्र बस्नेतले सम्झनाको ३५ प्रतिशत शरीर जलेको बताए ।

उनले भने, ‘सम्झनाको उपचार हुँदैछ । उपचारमा पहिलो स्टेजको उपचार सकिएको छ । स्वास्थ्यमा सुधार हुँदै गएमा स्किन (छाला) राख्छौं ।’

दुबै दिदीबहिनीलाई यही मंगलबार घरमा सुतिराखेको अवस्थामा मध्य रातमा अपरचित व्यक्तिले तेजाब छार्किएका थिए ।

बहिनीको दाईने हात, गालामा तेजाब परेको थियो । दिदीको भने टाउको, छातिमा तेजाब परेको थियो । घटनामा संलग्नको खोजी कार्य तिव्र भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी युवराज खड्काले महिला खबरलाई जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: