–महिला खबर–
ललितपुर । दुईदिन अघि तेजाब आक्रमणमा परि घाइते भएका रौतहट चन्द्रपुर नगरपालिका ६ का दिदीबहिनीको उपचारार्थ सहयोग जुट्न थालेको छ ।
तेजाब आक्रमणबाट गम्भीर घाइते १८ वर्षीया दिदी सम्झना दास र १५ वर्षीया बहिनी सुस्मिता दासको उपचारका लागि अहिलेसम्म ९५ हजार संकलन भएको हो ।
घाइते बालिकाका बुबा जादोलाल दासका अनुसार रौतहटस्थित गैह्रसरकारी संस्था ग्रामिण विकास केन्द्र (आरडिसी) बाट २५ हजार रुपैयाँ, रौतहट चन्द्रपुर ६ का विष्णु शाहबाट ५० हजार रुपैयाँ र काठमाडौं जोरपाटीस्थित शक्ति समूहबाट २० हजार सहयोग प्राप्त भएको छ ।
घाइते दिदीबहिनीहरुको काठमाडौं किर्तिपुरस्थित किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये सम्झनाको अवस्था गम्भीर छ । उनको सघन उपचार कक्षामा उपचार भइरहेको छ । उनको टाउको र अनुहारको धेरै बाहिरी भाग तेजाबले जलेको छ ।
तेजाबले देब्रे हातको बाहिरी भाग जलेकी बहिनी सुस्मिता (१५)लाई भने वार्डमा राखि उपचार गरिरहिएको छ ।
Comment Here!