बलात्कार कसुरमा १० वर्ष कैद सजाय


प्रकाशित मिति :2018-09-13 10:24:02

-लेखनाथ खतिवडा-

पाँचथर । १७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाँचथरले ५२ वर्षीय नातेदारलाई १० वर्षकैदको सजाय सुनाएको छ ।

जिल्ला न्यायधीश मनोज केसीको इजलासले मंगलबार निजको कसुर ठहर गर्दै कैदसँगै एक लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई उपलब्ध गराउन आदेश समेत दिएको अदालतका सूचना अधिकारी मोहन जवेगूले बताए ।

पीडित बालिकालाई आरोपितले २०७४ चैत १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले०७५ असार ५ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो ।

उजुरी लगत्तै गिरफ्तारीमा परेका आरोपित अदालतको ०७५ असार २१ गतेको आदेशमा पुर्पक्षका लागि थुनामा थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: