मध्य रातमा सुतेकै ठाउँमा तेजाब छर्कदा दुई बालिका घाइते


प्रकाशित मिति :2018-09-12 15:38:55

–महिला खबर–

ललितपुर । रौतहटको चन्द्रपुर नगरपालिका ६ मा मंगलबार राति अपरिचित व्यक्तिले तेजाब छर्किदा दुई बालिका सक्त घाइते भएका छन् ।

आफ्नै घरमा सुतिरहेको बेला राति १२ बजेको समयमा अपरिचित व्यक्तिले तेजाब छर्किदा १८ वर्षीया सम्झाना दास र १५ वर्षीया सुस्मीता दास घाइते भएका हुन् । उनीहरु दिदी बहिनी हुन् । उनीहरुको अहिले काठमाडौं किर्तिपुर हस्पिटलमा उपचार भइरहेको छ । सुस्मीताको अवस्था गम्भीर भएकाले आईसीयूमा राखिएको अस्पतालले बताएको छ ।

पीडित युवतीका बुबा ज्यादलाल दासले महिला खबरसँग कुरा गर्दै भने,‘राति १२ बजेतिर ढोका खोलेर तेजाब छर्किएको रहेछन् , ढोका र झ्याल खुल्ला थियो । हामी पसलमा सुत्न गएका थियौं । राति श्रीमतीले फोन गरेपछि मात्रै थाहा भयो ।’

घटना विरुद्ध उनीहरुले इलाका प्रहरी कार्यालयमा चन्द्र निगाहपुरमा उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालयका डिएसपी युवराज खड्काले घटनाको अनुसन्धान भइरहेको र तेजाब छर्कनेको खोजी कार्य भइरहेको महिला खबरलाई जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नेपाली चेलीलाई ‘हार्वर्ड हिरो २०१९’ को उपाधि

उनको कार्य सम्पादन मुल्याङ्कनलाई आधार मानेर  उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ ।

शितलका हत्यारालाई थुनामा राख्न आदेश

आफूबाट टाढिएर अर्कै केटासँग कुरा गर्न थालेको आशंकामा तामाङले शितलको हत्या गरेको स्वीकार गरेको पाँचथर

सफा गाउँ अभियानले बिरामी कम

प्रकाश सिंह/महिला खबर उनले भनिन् ‘पहिला महिनामा दश बाह्र जना बिरामी पर्थे, अहिले भने महिनामा एक/दुई

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: