तीजको शुभकामना


प्रकाशित मिति :2018-09-12 14:04:28

–तिलक कार्की-

हजुरआमा, फुपू, आमा, काकी, सानीमा,
दिदीबहिनी, भदै अनि छोरी सासूमा
नेपाली नारीको महान चाड तीजको
हार्दिक शुभकामना ।

संस्कति, परम्पराको धरोहरलाई जिवन्त राख्दै,
कुरीति कुसंस्कार, अन्धविश्वासलाई चिर्दै
अन्याय, अत्याचार, दमन, शोषण
हिंसा, बलत्कार, थिचोमिचोको विरुद्ध
बुलन्द आवाज घन्काउँदै
बलत्कारी र पिपासुलाई छेदन गर्दै
सम्बृद्ध समाज निर्माणमा जुट चेली
यही तीजको शुभकामना ।

देखासिखी, भड्किको र खर्चिलो हैन,
सभ्य, सुसंस्कृत र अग्रगामी बनाउँदै
चेलीचेलीको भेट मात्र हैन
रुपान्तरणको अभियान चलाउँदै
तीज भव्य र सभ्य मनाउँ चेली
यही शुभकामना ।

हो, चेली जसरी नयाँ क्यालेण्डर आउना साथ
तीज हेछ्र्यौ नी
हो, त्यसैगरी
नारी दिवस हेर
लैंगिक हिंसा विरुद्धको अभियानमा जुट
नारीसँग सम्बन्धित दिवसमा चिनो लगाउ
यही शुभकामना ।

टोल बस्तीको विकासमा
आफ्नो गाउँ समाजको योजनामा
स्कुल, हेल्थपोष्ट, खानेपानी, सडक
सुधारका लागि पहल गर चेली
अब,
घाँस, दाउरा काट्ने मात्र हैन
चेक काट्न थाल चेली
चेक काट्न नदिनेको हात पनि काट्न थाल चेली
तीजको शुभकामना ।।

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: