कञ्चनपुरका महिला कालो सारीमा


प्रकाशित मिति :2018-09-12 12:45:29

–महिला खबर–

ललितपुर । हिन्दु महिलाहरुले रातो लुगामा तीज मनाइरहेका बेला कञ्चनपुरका महिलाहरु भने कालो सारीमा ‘कालो तीज’ मनाइरहेका छन् ।

देशमा बलात्कार घटना बढिरहेको, पीडितले न्याय नपाएको, बलात्कारीलाई कडा कार्वाही नभएको र दण्डहिनता मौलाएको भन्दै तीजमा भोको बसेर व्रत बस्नु भन्दा कानूनी राजयको प्रत्याभूति गराउन राजयलाई दबाब दिने उद्देश्यले महिलाहरुले कालो सारी लगाएर तीज मनाएका हुन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा अहिलेसम्म पक्राउ पर्न नसकेको भन्दै महिलाहरुले आज बलात्कार विरुद्ध ‘कालो तीज’ मनाइरहेका छन् ।

बलात्कार, हत्या, हिंसालगायतका अपराधिक क्रियाकलापका कारण यस वर्ष प्रदेश नम्बर ७ मा तीजको रौनक खासै नदेखिएको अधिकारकर्मी डा. जानकी तुलाधरले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: