सरी छोरी ! प्रोमिस छोरी !


प्रकाशित मिति :2018-09-11 15:38:37

मेरी छोरीको गौरा छिन्यो
मेरी छोरीको तीज छिन्दैछ
यो उत्सवमा पनि मेरो सहर
सम्साँझै मसानघाट बन्दैछ ।

छोरी आइएम सरी ! रियल्ली सरी !
मैले तिम्री संगिनी निर्मलालाई फर्काएर
तिम्रा खुट्टाको चालसँग उसको चाल मिलाउन सकिनँ
सरी छोरी मैले निर्मला र तिमीले
सँगै दर खाएको फोटो खिच्न सकिनँ !

खेम भण्डारी

सरी छोरी, रियल्ली सरी !
तिम्रो गौरा र तीज यसपाली खल्लो भयो
मैले चाहेर पनि त्यसमा चिनी मिसाउन सकिनँ !

प्रोमिस छोरी, रियल्ली प्रोमिस !
अर्को वर्षका विरुडामा निर्मलाले उमारेको स्वतन्त्रतता हुनेछ
अर्को वर्षको चाम्रेखाजामा
निर्मलाले बारीमा छरेको धनियाँको वास हुनेछ !

आइएम सरी छोरी, रियल्ली सरी !
यस वर्षको गोरा र तीजमा
मैले तिम्रो पखेटामा
तिम्रै हेयरबेण्ड कसेर
मेरै कम्पाउण्डमा सीमित गरें ।

किनकी तिम्री संगिनी निर्मलाको हत्यारा अझै
उन्मत्त छ ।
उ,
डेउडिया बनेको छ
र, ठूला–ठूलासँग दर खाँदैछ ।

त्यसैले छोरी, आइएम रियल्ली सरी !

प्रोमिस छोरी ! रियल्ली प्रोमिस !
अर्को वर्ष निर्मलाले मुस्कान साथ उ त्यो गगनबाट हेरिरहेको
गौरा र तीज भव्य हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: