यी हुन् संचारिका पुरस्कार पाउने पत्रकार


प्रकाशित मिति :2018-09-10 15:20:12

–महिला खबर–

ललितपुर । सञ्चारिका समूहले यस वर्षको ‘सञ्चारिका समानता पुरस्कार २०७४’ पत्रकार सन्त गाहा मगरलाई प्रदान गर्ने भएको छ ।

समूहले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार मगरले हिमाल खबर पत्रिकामा लेखेका ‘समाज नै संवेदनाहीन’ फिचरको लागि दिने निर्णय गरिएको समूहका महासचिव कमला पन्थीले जानकारी दिईन् । उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको जनाइएको छ ।

उक्त पुरस्कार २०७४ सालको बैशाख १ गतेदेखि चैत ३० गतेसम्म प्रकाशित फिचर मध्ये छनौट गरिएका फिचरलाई छनौट समितिले दिएको नम्बरको आधारमा उत्कृष्टलाई दिइएको समूहले जनाएको छ ।

यसवर्ष पनि ३ सदस्यीय छनौट समिति बनाई समूहले लैङ्गिक समानतामा आधारित समाचार\लेख\फिचरबाट छनौट गरिएका फिचरलाई शैली, विषयवस्तु, सन्देश, लैङ्गिक संवेदनशीलता, अन्वेषणजस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कनको लागि दिइएको थियो ।

छनौट समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सञ्चारिका समूहका पूर्वअध्यक्ष तथा सल्लाहकार बबिता बस्नेत र सञ्चारिका समूहका संस्थापक अमृता लम्साल रहेका सोमबार समूहले निकालेको विज्ञप्तीमा जनाईएको छ ।

महासचिव पन्थीका अनुसार पुरस्कारका लागि छनौट भएका समाचार\लेख\फिचरमा सञ्चारिका समूहको अनलाइन पत्रिका ‘महिला खबर डट कम’ मा प्रकाशित लेख र समूहका कार्यसमितिमा रहेका पदाधिकारीहरूको समाचार\लेख\फिचर समावेश गराइएको थिएन । साथै छनौट तथा मूल्याङ्कन प्रक्रियालाई निष्पक्ष बनाउनका लागि छनौट समितिलाई समाचार उपलब्ध गराउँदा पत्रकार र पत्रिकाको नाम समेत नखुलाइएको उनले जनाईन् ।

‘समानताका लागि सञ्चार’ भन्ने आफ्नो मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएकाे जनाएको छ ।

त्यसैगरी समूहले २०७४ सालको स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७४ अछाम जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार गीता कुँवरलाई दिने निर्णय गरेको जनाएको छ ।

पत्रकार कुँवर अछामबाट अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको लागि रिपोर्टिङ गर्छिन् । उक्त पुरस्कार स्व. पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको र महिला पत्रकारलाई पेशामा थप उत्साह बढाउनका लागि २०६६ सालमा स्थापना भएको समूहले विज्ञप्तीमा जनाएको छ । उक्त पुरस्कारको राशि ७ हजार एक सय ११ रुपैयाँ रहेको समूहले जनाएको छ ।

त्यस्तै सञ्चारिका प्रोत्साहन पुरस्कार २०७४ देशसञ्चार अनलाइनमा कार्यरत वर्षा शाह र कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिल्पा कर्णलाई दिने निर्णय गरिएको समूहले जनाएको छ ।

पत्रकार शाह फोटो पत्रकार हुन् भने शाह र कर्ण दुवैजना काठमाडौंबाट पत्रकारिता गर्छन् ।

छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउन सहयोग पुर्याउने उद्देश्यले २०६२ सालमा सञ्चारिका प्रोत्साहन पुरस्कार स्थापना गरिएको जनाएको छ ।

पुरस्कार यही भदौ ३१ गते हुने समूहको सातौं महाधिवेशन र २२ औंं वार्षिक साधारण सभाको उद्घाटन समारोहका अवसरमा प्रदान गरिने महासचिव पन्थीले जानकारी दिईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: