महिलाको दर्द बोकेको जयलक्ष्मीको ‘दर्द’ सार्वजनिक


प्रकाशित मिति :2018-09-10 12:44:30

–महिला खबर–

कैलाली । जयलक्ष्मी जोशीको गजल संग्रह ‘दर्द’ बजारमा आएको छ । कवि मोतीराम भट्टको १५३ औं जन्म जयन्तीको अवसरमा कैलाली जनपुस्तकालयमा आयोजित कार्यक्रममा उक्त गजल संग्रहको बिमोचन गरिएको थियो ।

गजल संग्रहको प्रदेश सांसद डिल्लीराज पन्त र १००८ गौरीशंकरले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।

कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टीएन जोशीले लेखक जयलक्ष्मी जोशीले आफ्नो गजल संग्रह मार्फत सामाजिक परिवेश, महिला माथीको हिंसा र कुरीतिका बारेमा गजल मार्फत गरेको तिखो प्रहारको प्रसंशा गरे ।

२०४५ सालमा बझाङमा जन्मिएकी जोशी हाल धनगढी उपमहानगरपालिका ५ मा बस्दै आएकी छन् ।

बिमोचन कार्यक्रममा बोल्दै गजल संग्रहकी लेखक जोशीले आम महिलाका दर्द (पीडा) हरुलाई यो संग्रहमा समावेश गरिएको बताइन् ।

७ नम्बर प्रदेश राज्यको दृष्टिमा पछि परेको र समाजमा रहेका कुप्रथाका कारण यहाँका महिलाहरुले भोग्नु परेका पीडाका बारेमा कलम चलाउने प्रयास गरेको पनि उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: