पाँच दिदीभाईको बिचल्ली(भिडियो सहित)


प्रकाशित मिति :2018-09-10 12:17:58

–प्रकाश सिंह–

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका ५ मना गाउँमा पाँच दिदीभाई बिच्चलीमा परेका छन् । क्यान्सरका कारण बुबाको मुत्यु भएको र आमा अर्को बिहे गरेर गएपछि एकै परिवारका पाँच दिदीभाई बिचल्लीमा परेका हुन् ।

बुबा रामबहादुर साउदको ४३ वर्षको उमेरमा क्यान्सर रोगको कारणले ३ वर्ष अघि मृत्यु भयो । आमा बिर्मा साउद श्रीमानको मृत्यु भएको १० महिना पछि अर्को बिहे गरेर गईन् ।

त्यसयता साउद दम्पतीका पाँच सन्तान १३ वर्षीया पार्वती, ११ वर्षकी सोबिना, ९ वर्षकी अस्मिता, ७ वर्षको सुवास र ४ वर्षको रोशनको रेखदेख गर्ने कोही नभएको हो ।

उनीहरूका नजिकको नातेदार भनेका बाजेका भाइहरूको छोरा मात्र छन् । बिर्मा अर्को बिहे गरेर जाँदा रोशन १२ महिनाका थिए । अहिले रोशनको उमेर ४ वर्षको छ ।

आमाले अर्को विवाह गरेर गएपछि बडिमालिका ६, कोर्ध घर भएकी फुपू जमुना बढुवालले केहि महिना घरमा आएर सहारा दिएकी थिईन् । तर उनी माइती बसेकोले देवता रिसाएको भनेर घरबाट खबर आएपछि आफ्नै घर फर्केकी उनी बालबालिका कहाँ फर्केकी छैनन् ।

त्यसयता उनीहरूको रेखदेख गरिदिने कोही छैन । ‘बुवा बिरामी भई बिते । आमा अस्पताल जान्छु भनेर गएकी हुन्, तर फर्किनन्’ १३ वर्षकी पार्वतीले रुँदै भनिन्, ‘आमाले अर्को बिहे गरेर गइछिन् । फुपू हामीलाई सहयोग गर्न भनेर आईन् । तर, उनका गाउँको देवता रिसाएको भन्दै साउन महिनामा फिर्ता भईन् । अहिले हामीलाई हेरिदिने कोही छैन ।’

पाँच दिदीभाई मध्ये चार जना स्थानीय कैलाशेश्वरी माध्यामिक विद्यालयमा पढ्छन् । पार्वती कक्षा ८ मा, सोबिना कक्षा १, अस्मिता कक्षा २ र सुवास कक्षा १ मा पढिरहेका छन् ।

पार्वती भदौ सुरु भएदेखि विद्यालय गएकी छैनन् । फुपू हुँदासम्म कहिलेकाहीँ विद्यालय जाने गरेको उनले बताईन् । तर, फुपू आफ्नो घर गएपछि अहिले भाइबहिनीलाई खानेकुराको जोहो गर्न गाउँघर चहार्नुपर्ने भएकोले पढ्न नगएको पार्वतीले बताईन् ।

पार्वतीले रुँदै भनिन्, ‘कुनैदिन भोकै बस्नुपर्छ । कहिल्यै राम्रो लगाउन पाउँदैनौं ।’ विद्यालय जान कापी, कलम, ड्रेस समेत नभएको उनले बताईन् ।

अझ छरछिमेकले टुहुरा, खान नपाएका, लुगा पनि कस्ता लगाएका छन्, भनेर हेप्ने भएकोले भाइबहिनीलाई विद्यालय पठाउन पनि मन नलाग्ने पार्वतीले बताईन् ।

उनीहरूको खेतीपातीको लागि निकै थोरै जग्गा छ । खेती लगाईदिने कोही छैन । कहिलेकाहीँ फुपूले खेती लगाइदिन्छिन् । तर खेतीबाट आएको आम्दानी दुई महिना पनि खान पुग्दैन ।

बाँकी महिना गाउँमा मागेर खाने गरेको स्थानीय तुल साउदले बताए । राम्रो सँग खान नपाएकै कारण पाँचै बालबालिका कुपोषित रहेको वडा नम्बर ५ का वडा अध्यक्ष बलबहादुर थापाले वताए ।

बिच्चलीमा रहेका बालबालिकाका लागि सहयोगका लागि उनले आग्रह समेत गरेका छन् ।

यो पनि हेर्नुहोस्

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: