एन्माको उपाध्यक्षमा बिष्णु न्यौपाने चयन


प्रकाशित मिति :2018-09-07 13:33:29

-महिला खबर-

ललितपुर । महिला मानवअधिकार रक्षक बिष्णु न्यौपाने अमेरिकाको मिडवेस्टमा बस्दै आएका नेपालीहरुको संस्था एन्माको उपाध्यक्षमा चयन भएकी छिन् ।

अगस्ट ३१ देखि सेप्टेम्बर २ सम्म अमेरिकाको शिकागोमा भएको एन्माको साधारणसभाले न्यौपानेलाई उपाध्यक्षमा चयन गरेको हो ।

उनी दुई दशकदेखि नेपालको महिला आन्दोलनमा सक्रिय रुपमा सहभागी हुँदै आएकी छन् । उनले महिला मानवअधिकार रक्षक संजाल निर्माणका क्रममा नेपालका ६० जिल्ला भन्दा बढी ठाउँमा पुगेर काम गरिसकेकी छिन् ।

संस्थाको अध्यक्षमा बलराम पन्थी चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा तिलक केसी, उपाध्यक्षमा न्यौपाने र सञ्जय श्रेष्ठ, महासचिबमा डाक्टर दिवाकर दाहाल, सचिबमा खेमप्रसाद पाठक र कोषाध्यक्षमा डाक्टर ओम दाहाल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा निता खतिवडा, बुद्धि ज्ञावली, समिर मिश्र, बद्रि अधिकारी, उर्मिला निर्दोशी, कमला न्यौपाने, प्रविन बानियाँ, डाक्टर एलिना शाक्य, श्याम बस्नेत, डाक्टर नन्द जोशी, भरत कँडेल, ज्योती अधिकारी, गोविन्द खनाल र अनिता अधिकारी रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: