हामी अन्धविश्वास मान्दैनौं


प्रकाशित मिति :2018-09-07 11:36:43

– रामदेव पाण्डे–

अन्धविश्वास विरुद्धको अभियन्ता

अधिकांश मान्छेहरू जे कुरामा विश्वास गर्दै आएका छन्, त्यो यथार्थ होइन् । जसको कुनै वैज्ञानिक आधार छैन र विज्ञानले समेत पुष्टि गरेको छैन, ती कुराहरू अन्धविश्वास हुन् । जसमा हामी विश्वास त गर्छौ, तर विश्वास गर्न लायक छैनन् ।

कुनै तथ्य, प्रमाण र आधार बिना विश्वास गरिने कुरा अन्धविश्वास हो । त्यो सत्य होइन । मैले यही विषयमा केन्द्रित ‘विश्वास भित्रका अन्धविश्वासहरू’ नामक पुस्तक पनि लेखेको छु ।

नेपालमा दुई सयभन्दा बढी अन्धविश्वासहरू छन् । यसबाट बढी महिलाहरू प्रभावित छन् । अधिकांश कुसंस्कारले महिलाहरूलाई पीडित बनाएको छ । राम्रो पति पाम भन्दै हरिया चुरा, हरिया कपडा लगाउने, मन्दिरमा जाने, श्रीमानको खुट्टाको जल खाने, ब्रत बस्ने यसका उदाहरण हुन् ।

हरिया चुरा लाएर मात्रै महिला अपमानित नहोलान् । तर तीजको ब्रत बस्नुले त महिलाहरूलाई धेरै अपमानित गरेको छ । विभेद गरेको छ । तीज मनाउनुको कारण के छ ? हामी पञ्चमीको पूजा किन गर्ने ? महिलाहरू महिनावारी हुनु भनेको पाप भोगेको हो । इन्द्रदेवको हत्या गरेपछि ती पापलाई चार भाग लगाएर एक भाग महिलाहरूलाई दिइयो, भनिन्छ ।

यस्ता अन्धविश्वासहरूलाई आधार मानेर महिनावारी भएका बेला वर्षभरिमा भए गरेका पाप पखाल्न, पापबाट मुक्ति पाउन महिलाहरू ऋषी पञ्चमीको ब्रत बस्छन् ।

महिनावारी हुनु प्रजनन्को नियमित प्रकृया हो । हरेक महिना महिलाहरू निश्चित समयमा महिनावारी हुने गर्छन् । त्यसबाट मुक्ति पाउन हामी ‘पाप’ भनेर पूजा गर्न थाल्छौं ।

अघिल्लो दिन (तीजको दिन) श्रीमानको राम्रो होस् भनेर ब्रत बस्छौं । त्यसको एक दिनपछि लगतै पञ्चमी पर्छ । निराहार ब्रत बसेर पञ्चमीको दिनमा पूजा गरेर मात्रै खाना खान्छौं ।

स्वस्थानीमा पनि महिलाहरूलाई अपमान गरिएको छ । एक ६ वर्षीया बालिका उसलाई केही पनि थाहा हुँदैन । आफन्तलाई त झट्ट चिन्दैन । अन्जान मान्छे आयो । त्यसलाई नचिनेपछि उसले श्राप खानुपर्यो । त्यही श्राप स्वरुप ८५ वर्षको बुढोसँग ती बालिकाले विहे गर्नुप¥यो ।

संसारमा सबै धर्महरू कुरीतिजन्य संस्कारबाटै अगाडि बढेका छन् । कतिपयले ती धर्मलाई सुधार गर्दै लगे । आज कतिपय नयाँ धर्महरू अगाडि बढ्दैछन् । संसारमा ४३ सय भन्दा बढी धर्म छन् । तीभित्र अनेक खालका अन्धविश्वास छन् ।

केही धर्ममा महिलाई समानताको हक पनि दिएको छ । महिलामाथि विभेद गर्नुहुन्न भनिएको छ । गरिब वर्ग, काला जातीहरूलाई भेदभाव नगर्ने नियम बाइबलमा पनि एक हजार भन्दा बढी पटक संशोधन भएको छ । शुरुको बाइबल र अहिलेको बाइबलमा धेरै फरक छ ।

हिन्दु र मुस्लिम धर्ममा त्यस्ता संस्कार भनिएका त्यस्ता कुसंस्कारहरू अल्लाह, भगवानले लेखेका हुन् भन्ने मान्यता छ । त्यस्तालाई जस्ताको त्यस्तै राख्नुपर्छ भन्दा अहिले अन्धविश्वासहरू बढी राखेका छन् ।

कानूनको कठघरामा धार्मिक संस्कारहरू परेका छन् । ६ वर्षको बालिकालाई ७० वर्षको वृद्वसँग विवाह गर्दिनु कानूनी कि गैर कानूनी ? हामी त्यस विषय जानकार हुनु पर्छ कि पर्दैन ?

कतिपय महिला अधिकारकर्मीले म छाउ प्रथा मान्दिन भन्नुहुन्छ । तर उहाँहरू नै छाउ भएको बेला पूजा कोठामा नगएको पनि मैले प्रत्यक्ष देखेको छु । उहाँहरू दोधारे छन् । के गर्ने, के नगर्ने, संस्कार केहो, कुसंस्कार के हो भन्ने बारेमा नै प्रष्ट छैनन् ।

आदिम साम्राज्यवादी युगसम्म महिलाहरूको अवस्था राम्रो थियो । जब विस्तारै पुँजीबादी युग आयो । मान्छेहरू पुँजीतर्फ लाग्न थाले । तब महिलाहरूलाई कमजोर बनाउँदै लगियो ।

शारीरिक रुपमा महिलाले बच्चा जन्माउनुपर्छ । उनीहरू महिनावारी हुन्छन् भन्ने आधारमा महिलाहरूलाई कमजोर बनाइयो । अर्को युद्धमा जितेपछि वृद्धाहरूलाई बलि दिने । अनि जवान पुरुषलाई काममा लगाउने र जवान महिलाहरूलाई यौन दाषीका रुपमा प्रयोग गर्ने भयो ।

धेरै पुरुषहरू महिलालाई समानता दिनुपर्छ भन्ने पक्षमा छैनन् । तर मेरो परिवारमा त्यस्तो छैन । हामी कु–संस्कार मान्दैनौं । तर यो अवस्थासम्म भने हामी त्यतिकै आइपुगेका होइनौं ।

म पनि ६-७ कक्षामा पढ्दा बाहुनवादी थिएँ । पूजा नगरी, गायत्री जप नगरी केही खाँदैन्थें । माछामासु खानेलाई गाली गर्थें ।

एक पटक मैले मेरो भाउजुलाई शालिग्राम राखेको भाँडा छोएको निहुँमा गाली गरेको छु । त्यतिबेला महिलाहरूले शालिग्राम छुनुहुँदैन भन्ने थियो ।

धेरै पुरुषहरू महिलालाई समानता दिनुपर्छ भन्ने पक्षमा छैनन् । तर मेरो परिवारमा त्यस्तो छैन । हामी कु–संस्कार मान्दैनौं । तर यो अवस्थासम्म भने हामी त्यतिकै आइपुगेका होइनौं ।

स्कूल पढ्दा मैले बली नदेऊ भनेर कविता नै लेखेको थिएँ । कक्षा ८ मा पढ्दा मैले देवासुर संग्राम भन्ने पुस्तक पढें । त्यसपछि म सपनाबाट ब्युँझिएजस्तो भएँ । आध्यात्मबाट निस्किएँ ।

आमा बुबा मर्दा समेत मैले फरक तरिकाले शोक मनाएँ । कसैले मेरो नाम नै फेरिदिए । क्रिश्चियन भने । मोहम्मद नाम राखिदिए । कसैले मुस्लिम भने ।

मेरो परिवारमा पाँच जना छौं, दुई छोरा, एक बुहारी, श्रीमती र म । पछिल्लो चरणमा हामी कोही पनि कु–संस्कार मान्दैनौं । ब्राम्हण परिवारमा कु–संस्कार फाल्न त्यति सजिलो कहाँ थियो र । तर हामी मानसिक रुपमै तयार भयौं । संस्कार र कुसंस्कार छुट्यायौं । विश्वास र अन्धविश्वास बुझ्यौं । अहिले यी बिषयमा हामी क्लीयर छौं । हामी मानव धर्म मान्छौं । मान्छे भन्दा ठूलो अरु कोही छैन भन्ने कुरामा विश्वास गर्छौ ।

मेरी श्रीमतीमा स्वस्थानी ब्रत बसेर मलाई श्रीमान पाएको हो भन्ने विश्वास थियो । तर अहिले उहाँमा यस्ता अन्धविश्वास छैन । तीज, स्वस्थानीको ब्रत बस्नुहुन्न । उहाँ महिनावारी हुँदा हामी एउटै बेडमा सुत्छौं । सँगै खान्छौं ।

मेरी आमाले पनि छोरीलाई तिमी कमजोर छौ, दाजुहरूसँग डराउनुपर्छ भन्ने सिकाए । अलि ठूलो भएपछि केटाहरूसँग नबोल भनेर सिकाए । त्यसपछि उनीहरूको दिमागमा नै हामी कमजोर छौं भन्ने डर पलायोे । त्यसले महिलाहरूले आफूलाई कमजोर ठानेका छन् ।

अन्धविश्वास र परम्पराबाट सबैभन्दा बढी पीडित महिलाहरू नै छन् । पुरुषलाई बोक्सीको आरोप लगाएको अत्यन्तै कम सुनिन्छ । तर महिलाहरूलाई बोक्सीको आरोपमा मलमुत्र खुवाएको, कुटपिट गरेको र अन्त्यमा हत्या नै भएका धेरै घटनाहरू छन् ।

कुरीति, कुसंस्कारमा विश्वास गर्नेहरू धेरै महिला नै छन् । सती जानुपर्ने बेला महिलाहरू नै जानुपथ्र्याे । ब्रत महिलाले नै बस्नुपर्छ । पाप महिलाले नै कटाउनुपर्छ । यी कुरीति कुसंस्कारको संरक्षण पनि महिलाहरूले नै गरिराखेका छन् ।

महिलाको शिक्षाको स्तर कमजोर छ । धेरै पढेर मान्छेले कुरीतिको संस्कार छोड्छ भन्ने मलाई लाग्दैन । चेतना र पढाई फरक करा हुन् । सचेतना फैलाईयो भने यस्ता कुंसस्कारहरू सजिलै हट्न सक्छन् । यसका लागि सबैभन्दा पहिले देशको मूल नीति राजनीति अनुशासनमा रहनुपर्छ ।

राजनीतिको पाटोबाट समाजमा सचेतना बढाउनुपर्छ । त्यसलाई व्यवहारमा पनि लागु गर्न सक्नुपर्छ । दिनभर महिला अधिकारका कुरा गर्ने बेलुका गएर श्रीमतीलाई खुट्टा ढोगाउने, बिहान खुट्टाको जल खुवाउने पनि मैले देखेको छु ।

ठूलाठूला कुरा गर्ने, कुरीति कुसंस्कार मान्नु हुँदैन भन्ने अनि घरमा गएर हैकम चलाउने पुरुष पनि छन् । त्यसैले कुसंस्कार र कुरीति विरुद्ध पाठ्यक्रमबाटै बालबालिकालाई यो शिक्षा दिनुपर्छ । बाल साहित्य, पाठ्यक्रममा यी कुरीति हुन्, कुसंसकार हुन् भनेर उल्लेख गर्नुपर्छ । यो बालबालिकादेखि शुरुआत गर्यो भने पछि उनीहरूले सिक्दै जान्छन् ।

अर्को समाजमा श्रीमानको मृत्यु हुँदा महिला जीवनभर विधवा बस्नुपर्छ । चाहे ती १५ वर्षकी हुन् या बढी नै । तर श्रीमतीको निधनमा भने घाटबाट फर्कने बित्तिकै विहेको कुरा उठ्छ । लोग्ने एक्लै बस्नु हुँदैन भन्ने प्रचलन रहि आएको छ । त्यसलाई तोड्नुपर्छ । परिवर्तनको शुरुआत त आफैबाट गर्नुपर्छ ।

(महिला खबरकाे फेसबुक लाइभमा गरेकाे कुराकानीमा अाधारित) 

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: