छोरीहरु, यसरी गर्नुस् प्रतिरक्षा


प्रकाशित मिति :2018-08-22 16:37:43

–कृपा भण्डारी–

हामी आधुनिक समाजमा छौं भन्छौं । सुसंस्कृत समाजको वकालत गर्छौं । तर समाजका केही घटना यतिसम्म तल्लो स्तरका हुन थालेका छन् जसले समाजलाई अधोगतीतर्फ धकेल्दै लगेको भान हुन्छ ।

पछिल्ला दिनहरुका घटना हेर्दा, बलात्कार बढ्दो देखिन्छ । समाचारका हेडलाइन हेर्दा देखिन्छ यसको भयावह रुप । हामीलाई सुन्दैमा आङै सिरिङ्ग हुन्छ । भोग्नेलाई यो पीडादायी यथार्थले कति पोल्दो हो । अनुमान कल्पना बाहिर छ ।

केहि समयअघि मात्रै कञ्चनपुरको उखुबारीमा बलात्कारपछि बालिकाको हत्या गरियो । तर दोषीको पक्राउ अनि कारबाहीको विषयमा आन्दोलन चलिरहेको छ । बाहिरबाट हेर्दा अन्यौलमै देखिन्छ कञ्चनपुरको किशोरी बलात्कार-काण्ड ।

पश्चिम नेपाल सुर्खेतमा छाउगोठमा साथी बस्न गएकी किशोरी बलात्कृत भइन् । उनलाई सामुहिक बलात्कार गरिएको थियो ।

त्यस्तै गर्भनिरोधक औषधी खुवाएर काठमाडौंमै बस चालक र सहचालक मिलेर बौद्धिक अपाङ्गता भएकी किशोरीलाई हप्ताैं बन्धक बनाएर बलात्कार गरेको घटना पनि पुरानो भएको छैन ।

यी बाहेक पनि सयौँ बलात्कारका घटनाहरु दिनानुदिन हाम्रो सामु आइरहेका छन्, ती फेहरिस्त व्याख्या गरिसाध्य छैन ।

के बालिका ! के किशोरी ! के अधबैशे ! के वृद्धा ! के बौद्धिक अपाङ्गता भएका महिला । हर उमेर र अवस्थाका महिला बलात्कृत भएका छन् ।

८ महिना बालिका भनिएको छैन । न त भनिएको छ ७० वर्षकी बृद्धा । आफ्नै बाउले आफ्नो अंश, आफ्नै रगत, आफ्नैे छोरीको बलात्कार गरेको घटना नौलो भएन ।

छोरी आफ्नै बाउकै काखमा त सुरक्षित छैनन् भने बाहिरी दुनियाँको के कुरा गर्नु ?

आमाहरुले कसलाई विश्वास गर्ने ?

केहिसमय अघिमात्र मोरङमा पुराणमा बाबुआमाको काखमा रमाइरहेकी नाबालिकालाई एकछिन खेलाउँछौ है भनेर केही नरपिचासहरुले मकैबारीमा लगेर बलात्कार गरे । कति दर्दनाक छ यो घटना ।

आमाहरुले कसलाई विश्वास गर्ने आमाहरुले ? छोरी बाउको काखमा खेल्दैछे भनेर ढुक्क भएर आमाहरु कसरी घर बाहिरको काममा जानु ? त्यस्तै छोरीलाई घरपरिवारले हेरेका छन् भनेर ढुक्क भएर बाहिर जागिर खान वा घरबाट निस्कने अवस्था छैन ।

आमाहरुले मनमा हरपल छोरीको सुरक्षाको त्रास हुनेभयो । एकैछिन हेर्दिनु है भनेर कुनै काम विशेषले केही समय बाहिर गएपनि हतास मनस्थितीमा रहनुपर्ने कस्तो विडम्बना ?

बिहान बाबुको काखमा छोडेकी छोरी बेलुकी रक्ताम्मे अवस्थामा भेटिन्छे अनि कहाँ रह्यो विश्वास ?

हरेक दिन ३ जनाको हाराहारीमा बलात्कारको घटना भइरहेको प्रहरीकै अभिलेखले पुष्टि गर्छ । धेरै कोपिलाहरु फक्रन नपाउँदै चुँडिएका छन् । ९ महिना आमाको कोखमा बसेर सुन्दर संसारमा रम्न नपाउँदै रक्ताम्मे भएर निमोठिनु परेको छ । योनी भएकै कारण नरपिचासहरुको शारीरिक भोक मेट्ने साधन बनिरहेका छन् हाम्रा छोरीहरु ।

छोरी न आमाको कोखमा न काखमा सुरक्षित

बाहिरी दुनियाँ मात्र हैन, गर्भमै छँदा पनि छोरीहरु सुरक्षित छैनन् । आफनो कोखमा छोरा कि छोरी छे भनेर भु्रण जाँच गराउँदा छोरी रहिछ भने मात्र पनि नाक खुम्चाउनुपर्ने अवस्था छ ।

भु्रण हत्या जति नै गैरकानुनी भनेर फलाके पनि छोरी भु्रणलाई कोखमा हत्या गर्ने काम पनि भित्रभित्रै बढिरहेको छ । अनि कहाँ रहि त छोरी सुरक्षित ? न आमाको कोखमा न बाहिरी काखमा ।

लोक गायिका ज्योती मगरले धेरै अगाडी आफ्नो फेसबुकमा एउटा स्टाटस राखेकी थिइन् । ‘यदि मेरो गर्भमा छोरा रहेछ भने म राख्छु, तर छोरी रहिछे भने गर्भमै मारिदिन्छु किनकि छोरी जन्माएर यो संसारका नरपिचाशहरुले बलात्कार गरेर, लुछेर , बेबारिशे छोडेको म हेर्न सक्दिन ।’

छोरी जन्माएपछिको त्रासको जिन्दगी भन्दा पहिले भ्रुणमै मार्दा उचित हुनेसम्मको सोच आउन थालिसक्यो महिलाहरुमा । यो सोच यतिकै आएको हैन, समाजमा बढ्दै गरेको असुरक्षाले छोरीहरु जन्माउनुअघि नै निष्ठुर बन्दै आमाहरु ।

लेखक शिवानी सिँ थारुले पनि भनेकी थिइन कि बलात्कारीलाई सामान्य सजाय दिएर हुँदैन, तिनीहरुको लिङ्घ नै काटिदिनुपर्छ ।’ जब आक्रोशले सीमा नाघ्छ तब नै आउँछन् यस्ता अभिव्यक्ति ।

बाहिर जति नै बलियो रुपमा छोरी नै छोरा हो भन्ने सोच राख्ने आमा पनि भित्रभित्रै समाजको घिनलाग्दो नजरबाट छोरीलाई बचाउनु ठुलो युद्धको सामना गर्नु जत्तिकै ठान्दछन् । फरक यति हो कसैले व्यक्त गर्लान् त कसैले नगर्लान् । तर त्रास हमेसा रहन्छ । हाम्रो समाजमा बलात्कार, हत्या जस्ता जघन्य अपराध बढ्दै गएका थिएनन् भने यस्ता डर पनि हुने थिएन ।

छोरी जन्माएपछिको त्रासको जिन्दगी भन्दा पहिले भ्रुणमै मार्दा उचित हुनेसम्मको सोच आउन थालिसक्यो महिलाहरुमा । यो सोच यतिकै आएको हैन, समाजमा बढ्दै गरेको असुरक्षाले छोरीहरु जन्माउनुअघि नै निष्ठुर बन्दै आमाहरु ।

हरेक आमा छोरी बाहिर निस्केपनि कतै अप्रिय जोखिममा परे कि ? कसैले छोइहहाल्ने हुन् कि ? कसैले फकाएर उसको इज्जत लुट्ने पो हो कि ? भन्ने त्रासले आमाहरुलाई सताइरहेको छ । आमाहरुले मानसिक शान्ति कहिले पाउने ?

प्रतिरक्षा गरौं

महिला भन्ने बित्तिकै कोमल, लजालु, निरिह र विचराका रुपमा लिँइदै आइएको छ । यीनीहरुले केही गर्न सक्दैनन्, भनेर नै एकथरी बलवान भनिएकाहरुले शोषण गरिरहेका छन् । यस्तो अवस्थामा महिलाले आफूलाई बलियो देखाउने एउटा मात्रै हतियार हो प्रतिरक्षा ।

तर नेपालमा प्रतिरक्षाको कुरालाई त्यति प्राथमिकताका साथ उठाइएको पाईंदैन । हुन त बलात्कारको ‘ब’ पनि थाहा नभएका बालिकाहरुले कसरी गरुन् प्रतिकार ? मानसिक सन्तुलन गुमाएकाहरु जसलाई आफुसँग के हुँदैछ भन्ने चेत समेत छैन त्यस्ताले कसरी गरुन् बलात्कारीको सामना । तर यसो भन्दैमा चुप लागेर बस्न पनि त सकिदैन ।

अब छोरीहरुलाई राम्रो छुवाई के हो ? नराम्रो छुवाई के हो ? को सँग कस्तो व्यवहार गर्ने ? अप्ठ्यारो परेको बेलामा कसरी सावधानी अपनाउने भन्ने बारेमा सिकाउनु जरुरी छ । कम्तिमा परिवारका कोही सदस्यले त यस्ता विषयमा छोरीलाई सचेत गराउँ ।

अर्को छोरीहरुले जान्नुपर्ने कुरा । छोरीहरुमा मात्रै होइन, पुरुषको शरीरमा पनि संवेदनशिल अंग छ । अझ महिलाको भन्दा पनि संवेदनशिल । त्यो अंग अण्डाशय हो । जसले पुरुषलाई कमजोर बनाउँछ । तपाइ जोडले पुरुषको अण्डाशयमा हिर्काउनुस् उनीहरु खुत्रुकै हुन्छन् ।

कम्तिमा यहि कुरा छोरीहरुलाई बुझाउँ । बलात्कारजस्तो जोखिमबाट बच्न यस्ता जानकारीले सहयोग गर्न सक्छ ।

अब यस्ता प्रतिरक्षाका कुरा गाँउ–गाउँ, टोल–टोल हरेक जमातमा खुलेरै छलफल हुन आवाश्यक छ । त्यस्तै छोरीलाई शारीरिक अभ्यास जस्तै तेक्वान्दोदेखि लिएर अन्य खेलकुदका अभ्यासहरुमा पनि दक्ष बनाउन आवश्यक छ ।

[email protected] 

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार

–महिला खबर– अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज

आफ्नै पाठेघरबाट जन्मिएकाे सन्तानलाई मेराे भन्न नपाउने ?

–डा.अरुणा उप्रेती– पाँच पाण्डव बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु

सर्वोच्चले खाेलिदियाे जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता लिने बाटाे

–महिला खबर– ललितपुर । जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च

‘तान्ने प्रथा’ अझै

मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

–महिला खबर– झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: