महिलालाई डाक्टर बन्न नदिन नतिजामा फेरबदल


प्रकाशित मिति :2018-08-19 13:24:51

ललितपुर । विद्यालयले रिर्पोट गरिएको आरोपमा अनुसन्धान गरिरहेको छ कि उसले महिला आवेदकहरु बिरुद्व भेदभाव गरेको छ कारण, उनीहरु पारिवारिक जीवन शुरु भए पछि चिकित्सक पेशा छाड्ने गर्छन् ।

टोकियोको एक चिकित्साशास्त्र विद्यालयको एक रिपोर्टले पुष्टि गरेको छ कि, उसले महिला आवेदकहरुलाई भर्ना लिनबाट रोक्नको लागि प्रवेश परीक्षाको परिणाममा व्यवस्थित रुपमा फेरबदल गर्यो ।

एक जापानी प्रसारणकर्ताले उजुरी गरेको केही दिन पछि भने, प्रवेश परीक्षामा हेरफेरले १० प्रतिशत भन्दा बढी महिला उम्मेदवारलाई हटाएको छ ।

टोकियो चिकित्साशास्त्र विश्वविद्यालयले पुष्टि गरेको छ कि यसले प्रणालिगत रुपमा परिणाम फेरबदल गर्यो ।

चिकित्साशास्त्र विद्यालयले सन् २,००० वा त्यो भन्दा पहिलेदेखि यस्तो गरिरहेको स्वीकार गरेको छ ।

चिकित्साशास्त्र विद्यालय कृपाको बदलामा एक शिक्षाका शीर्ष कर्मचारीको छोरालाई भर्ना दिलाएको कारण निरीक्षणमा आएपछि मात्रै आरोप सार्वजनिक भएको हो । रिपोर्टले भनेकोे छ कि महिला आवेदकहरूको प्राप्तांक लगभग १० प्रतिशतले काटिएको थियो ।

आन्तरिक अनुसन्धानबाट के पत्ता लाग्यो भने, स्कूलले पहिले सबै आवेदकहरुको पहिलो चरणको प्राप्तांकमा ८० प्रतिशतसम्म घटायो र त्यसपछि तीन वा त्यो भन्दा कम आवेदन प्रयासवाला पुरुष आवेदकहरुको प्राप्तांकमा २० अंकसम्म जोडेको थियो ।

विद्यालयले थोरै महिला चिकित्सक चाह््यो किनभने उसले अनुमान लगायो की तिनीहरु आमा बन्नेछन् र आफ्नो पेशालाई छोट्याउने वा छाड्नेछन् ।

व्यवस्थित भेदभावको यो मामलाले जापानमा व्यापक विरोध प्रदर्शन भएको छ । दर्जनाैं मानिसहरू विश्वविद्यालय बाहिर विरोध गर्न भेला भए । सामाजिक सञ्जालमा पनि आक्रोशका सन्देशको बाढि नै आएको थियो ।

साभार : इन्डिया टुडे

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: