बलात्कारीको विरोध गर्दा थुनामा पर्नुपर्ने यो कस्तो शासन ?


प्रकाशित मिति :2018-08-19 13:00:30

-कुसुम भट्टराई-

कम्युनिष्टहरु सत्तामा हुँदा माइतीघर मण्डलामा उभिएर रुन र चिच्याउन त के, बलात्कारीको विरोधसमेत गर्न नपाईंदोरहेछ । कम्युनिष्ट शासनको चरित्र यस्तै रच ।

अब भ्रष्टाचारीको पनि विरोध गर्न पाइनेछैन । किनकी ति त शासन सत्तामै छन् । अब चोर, डाँका, फटाहा, हत्यारा, बलात्कारी कसैको पनि विरोध गर्न नपाइने भो । भनेपछि यो समाज कता जाँदैछ ?

सरकारले समाजमा कस्तो संस्कृति थोपर्न खोज्दैछ ? के हाम्रो नेपाली समाज पूर्ण रुपमा भ्रष्ट (टोटल्ली करप्ट) हुने दिशातर्फ लागेको हो त ?

बलात्कारीको विरोध गर्दा थुनामा पर्नुपर्ने यो कस्तो शासन हो ? बलात्कारीहरु कति खुशी भए होलान् । भने होलान्, ‘खुबै हाम्रो विरोध गर्दारैछौ ? हामीलाई फाँसी दिनुपर्छ भन्दारैछौ ? तिमेरलाई के थाहा, हाम्रो पहुँच कहाँसम्म छ भनेर ।’

बलात्कारीको विरोध गर्ने यी सात जना भाइबैनीहरु महान छन् ।

आखिर यीनले के अपराध गरे ?

यीनले राज्यको ढुकुटीबाट करोडौं खर्च गरेर आफ्नो किडनीको उपचार गरेका हैनन् । यी कुनै पनि शहीदको कोटामा विदेशमा पढ्न गएका हैनन् । यीनले लडाकुको राशनबापत राज्यले दिएको रकम घोटाला गरेका पनि हैनन् ।

यीनले एनसेलले ठगेको कर मिनाहा गरेका पनि हैनन् । यीनले मिलेमतोमा सुडान घोटाला पनि गरेका हैनन् । यीनले झापामा बर्ग शत्रु सफायाका नाममा सुतीरहेका ढकाल बन्धुहरुको टाउको गिंडेका पनि हैनन् ।

यीनले गुडीरहेको गाडीमा बम पडकाइ सत्तरी असी जनाको एउटै चिहान बनाएका पनि हैनन् । यीनले क्रान्तिका नाममा पढाइरहेका शिक्षकलाई समातेर रुखमा बाँधेर मारेका पनि हैनन् ।

यीनले मेडिकल माफीयाको घरमा मार्सी चामलको भात हसुरेका हैनन् । यिनीहरु सडक निर्माणमा अनियमितता गर्ने ठेकेदारको घरमा डेरा जमाएका पनि हैनन् ।

यिनीहरुले भ्रष्टाचारबाट कमाएको रकमबाट कुनै सुप्रीमो महाशयले झैं आफ्नी ‘राजकुमारी छोरी’का लागि आलीशान घर किनिदिएका पनि हैनन् ।

यीनले जनतामाथि करको भारी थोपरेर अन्याय गरेका पनि हैनन् । यीनीहरु त मानवअधिकारका पक्षपाती हुन् र यीनीहरुले बलात्कारको विरोध गरेका मात्र न हुन् ।

मैले माथि उल्लेख गरेका ‘अपराध’ गर्नेहरु शानका साथ सत्ताको सुख फर्माइरहेका छन् अनि बलात्कारीहरुको विरोध गर्ने यी सात जना पक्राउ पर्छन् ।

यसबाट स्पष्ट हुन्छ फास्र्ट ट्रयाकबाट ल्याइएको संविधान र त्यो संविधानले संस्थागत गरेको भनिएको गणतन्त्र अपूर्ण छ । यो गणतन्त्रमा बलात्कारीको विरोधसमेत गर्न पाइन्न र थुनामा पर्नुपर्छ ।

(कुसुम भट्टराईको फेसबुक वालबाट) 

    Comment Here!

Related NEWS
मुख्य खबर

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

कारबाहीमा होइन पैसामा न्याय !

-चन्द्रकला शाह- बाजुरा । पैसामा घटना मिलेपछि महिलाले थप लाञ्छना भोग्ने गरेका छन् ।

घरेलु हिंसा पीडित सीता मृत भेटिइन्

–महिला खबर– ललितपुर । बैतडीको मेलौली नगरपालिका ३, की सीता भट्ट हराएको डेढ महिनामा मृत भेटिएकी

‘श्रीमती’ को रूपमा बेचिँदै कलिला छोरीहरू

ललितपुर । नाइजेरियामा एउटा परम्परा छ । जसलाई ‘पैसाको लागि विवाह’ नामले चिनिन्छ । उक्त

आज दसैँको टीका

राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: