विभेदकारी नागरिकताका प्रावधान खारेज गर्न माग


प्रकाशित मिति :2018-08-17 17:54:37

–महिला खबर–

ललितपुर । कानूनमा रहेका विभेदकारी नागरिकताका प्रावधान खारेज गर्न अधिकारकर्मीहरुले माग गरेका छन् ।

सिविन, पौरखी लगायत विभिन्न नौ वटा संघसंस्थाले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘जोखिम परिस्थितिका बालबालिका, युवा तथा महिलाहरुको नागरकताको सवाल’ विषयक अन्तरक्रिायमा सहभागिले जोखिमयुक्त अवस्थामा रहेका बालबालिका, युवा तथा महिलाहरुको नागरिकता सहज रुपमा उपलब्ध गराउन सरोकारवालको ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा सांसद कृष्णभक्त पोखरेलले नागरिकता सम्बन्धी सवैधानिक एवम् कानूनी व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै केही प्रावधानहरु संशोधन गरिने बताए ।

सिविन नेपालका कार्यक्रम व्यवस्थापक भरत अधिकारीले जोखिम परिस्थितिका बालबालिका, युवा तथा महिलाहरुको नागरिकताको सवालमा कार्यपत्र प्रस्तुत गर्दै
पहिचान नभएका बालबालिकालाई समेत नागरिकता दिने प्रावधान हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसद यशोदा सुवेदी र रेखा शर्माले नागरिकताका केही प्रावधान संशोधन गर्न संसदमा संशोधन प्रस्ताव पेश गरिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा अधिवक्ता मिरा ढुंगाना, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लोकबहादुर क्षेत्री, प्रहरी निरीक्षक कोपीला चुँडाल लगायतले नागरिकता सम्बन्धी स्पष्ट कानून हुनुपर्नेमा जोड दिएका थिए ।

पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले जोखिम परिस्थितिमा हुर्केका, आमा वा बाबु दुवै पत्ता नलागी बेवारिसे फेला परेका, बलात्कार तथा जर्बजस्ती करणीबाट जन्म भएका, आफ्नै बाबुबाट बलात्कृत भई जन्मेका सडकमा लामो समय देखि रहेका र आमा बाबुको ठेगान नभई संस्थामा संरक्षित बालबालिका, युवा तथा महिलाहरुको नागरिकता प्राप्त हुने अधिकारबाट बन्चित हुनु परेको बताइन् ।

सिविन नेपालका अध्यक्ष माधन प्रधानले नागरिकता सम्बन्धी नयाँ संशोधित विधेयकले नागरिकताका समस्या समाधान गर्न सहज हुने विश्वास लिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: