महिला सुरक्षाका लागि आत्मरक्षा


प्रकाशित मिति :2018-08-17 15:54:54

–महिला खबर–

ललितपुर । स्वस्थ्य र समृद्ध जीवनका लागि खेल र आत्मरक्षा तालिम अपरिहार्य रहेको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले बताएका छन् ।

मन्त्री विश्वकर्माले महिलालाई दिईने आत्मरक्षा तालिमले महिलामा आत्मविश्वास बढाउन मद्दत गर्ने भन्दै छोरीहरुलाई त्यसतर्फ लाग्न अनुरोध गरे ।

सञ्चारिका समूहले छायांकन गरेको टेलिभिजन कार्यक्रम समकोणमा बोल्दै उनले यस्तो अनुरोध गरेका हुन् ।

मन्त्री विश्वकर्माको कुरालाई समर्थन गर्दै आत्मरक्षा तालिमका प्रशिक्षक विक्रान्तराज पाण्डेले आत्मरक्षा तालिमले हुनसक्ने संभावित दुर्घटनाबाट कसरी जोगिने भन्ने कुरा सिकाउने भन्दै छोरीहरुका लागि विद्यालय शिक्षामा नै खेललाई बढी प्राथमिकता दिन सुझाव दिए ।

त्यस्तै खेल स्वयम सेवक हेल्गा राणा रायमाझीले शरीरलाई स्वस्थ्य र जीवनलाई व्यस्त बनाउनका लागि खेल आवश्यक रहेकोमा जोड दिए ।

हार र जीतका लागि खेलिने खेल भन्दा महिलालाई संभावित हिंसाबाट जोगिन सिकाउने आत्मरक्षा सीपका बारेमा आजको समकोणको छलफल रहेको छ । कार्यक्रम समकोण कान्तिपुर टेलिभिजन र समकोण युटुव च्यानलमा आज शुक्रबार बेलुका ९ देखि १० बजेसम्म प्रशारण हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: