‘प्रो. डा. शान्ता थपलिया महिला सशक्तिकरण अवार्ड’ मोहनालाई


प्रकाशित मिति :2018-08-17 11:58:54

–महिला खबर–

ललितपुर । यस वर्षको ‘प्रो. डा. शान्ता थपलिया महिला सशक्तिकरण अवार्ड’ राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारीलाई प्रदान गरिएको छ ।

आयुक्त, मोहना अन्सारी

कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) की संस्थापक स्वर्गीय प्रो. डा. शान्ता थपलियाको स्मृतिमा स्थापना गरिएको अवार्ड अन्सारीलाई प्रदान गरिएको ल्याककी अध्यक्ष अनिता न्यौपाने थपलियाले बताइन् ।

ल्याकको ३२ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा संस्थाका संस्थापक महेन्द्र प्रसाई र सूर्यकिरण गुरुङ्बाट आयुक्त अन्सारीलाई अवार्ड प्रदान गरिएको हो ।

बाँकेको निम्न वर्गीय मुस्लिम परिवारमा जन्मिएकी मोहनाले गरिवी र अभावका बिच निकै संघर्ष गर्दै यो स्थानसम्म पुगेर उत्पीडित र उपेक्षामा परेका वर्ग र समुदायको न्यायका लागि क्रियाशील रहेबाफत उनलाई यो अवार्ड प्रदान गरिएको पनि अध्यक्ष थपलियाले बताइन् ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा आउने कार्यक्रम भए पनि प्रधानमन्त्री कार्यालयमा अकस्मात बैठकमा जानु पर्ने भएपछि मन्त्री थापा कार्यक्रममा आउन नसकेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा संस्थामा १५ वर्ष भन्दा बढी समयदेखि कार्यरत कर्मचारीलाई पनि सम्मानित गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: