यस्तो छ आजदेखि लागु भएको नयाँ कानून


प्रकाशित मिति :2018-08-17 11:15:14

–महिला खबर–

ललितपुर । आज भदौ १ गतेदेखि ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ लागु भएको छ । एक सय पैंसट्ठी वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गर्दै आजदेखि नयाँ कानून लागु भएको हो  ।

यसका साथै दुवै संहिताका अरू दुई कार्यविधि कानून, ‘फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन गर्ने ऐन’ र ‘केही नेपाल समायोजन तथा खारेज गर्ने ऐन’ पनि लागु हुनेछन् ।

नयाँ कानून लागु भएसँगै नागरिक ऐन, गाली बेइज्जती ऐन, कोर्ट फी ऐन, सार्वजनिक अपराध तथा सजाय ऐन, करार ऐनलगायत १५ वटा पुराना कानून खारेजीमा परेका छन् ।

अपराध संहिताका मस्यौदाकार पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले वि. स. १९१० सालमा जंगबहादुर राणाको पालामा बनेको मुलुकी ऐनले काम चलाइरहेको अवस्थामा अब भने मुलुक कानूनको नयाँ युगमा प्रवेश गरेको प्रतिक्रिया दिए ।

नेपाल सरकारले उत्सव मनाउने

नयाँ कानून लागु हुने दिनलाई नेपाल सरकारले उत्सवका रूपमा मनाउने भएको छ । यसका लागि आज दिउँसो २ बजे सिंहदरबारको ग्यालरी बैठकमा कार्यक्रम राखिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, कानूनमन्त्रीलगायतको सहभागिता रहने कानून मन्त्रालयका प्रवक्ता रमेश ढकालले जानकारी दिएका छन् । मुलुकी ऐनलाई फेर्ने पहल २०१० सालमै भएको थियो ।

नयाँ संविधान जारी भएपछि गठन भएको संसद्ले गत वर्ष दुई संहितासहित पाँचै ऐन जारी गरेर एक वर्षसम्म जनताबीच छलफल गराई भदौ १ देखि लागु गर्ने घोषणा गरेको थियो ।

के गर्छ नयाँ कानूनले ?

– अन्तर्राष्ट्रिय मानव अधिकार कानूनले अंगीकार गरेका मानव अधिकारका सिद्धान्तलाई व्यवहारमा उतार्ने गरी प्रावधानहरूको विकास
– यातना दिने, बेपत्ता पार्ने, गोपनीयता उल्लंघन गर्ने काम आदि दण्डनीय
– प्रहरी, सेना वा अन्य अधिकारीबाट हिरासतमा लिई कुटपिट गर्ने र गराउनेलाई ५ वर्ष वा ५० हजार जरिवाना वा दुवै सजाय
– व्यक्ति बेपत्ता पार्ने काममा संलग्नलाई १५ वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना
– बोक्सी आरोपमा कुटपिट गर्ने, सामाजिक बहिष्कार गर्ने, रजस्वला भएका बखत छाउपडीमा पठाउनेलाई ३ महिना कैद
–सार्वजनिक क्षेत्रमा मसाल जुलुस गर्नेलाई ६ महिनासम्म कैद
– कुनै राष्ट्रसेवकलाई झूटा जानकारी दिएर कर्तव्यबाट विमुख गराउनेलाई एक वर्षसम्म कैद
– बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्ने प्रहरी अधिकारीलाई ६ महिनासम्म कैद
– जुवा खेल्ने र खेलाउनेलाई तीन महिनासम्म कैद
– कसैले गाई वा गोरु मारे तीन वर्षसम्म कैद
– खुला रूपमा खसी, कुखुरा काट्नेलाई एक महिना कैद
– बहुविवाह गर्नेलाई ५ वर्षसम्म कैद
– ३ वर्षदेखि १० वर्षसम्म सजाय हुने कसुरलाई गम्भीर र १० देखि जन्मकैदसम्मको सजाय हुने जघन्य कसुर, जन्मकैद २५ वर्ष
– कुनै नेपाली नागरिकले नेपालबाहिर अर्को नेपालीको ज्यान लिएको वा लिने षड्यन्त्र गरेको वा अंगभंग गरेको, परित्याग गरेको वा जबर्जस्ती करणी गरेको वा अपहरण गरी शरीर बन्धक बनाएको कसुरमा पनि कारबाही
– राज्यविरुद्धका कसुर, राजद्रोहको कसुर, जाति हत्याविरुद्धको कसुर, सार्वजनिक न्यायविरुद्धको कसुर, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुर तथा भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर

अपराध संहिता

– सार्वजनिक आवागमनमा बाधा पु¥याए ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– नभए र नगरेको अफवाह फैलाए १ वर्षसम्म कैद हुन सक्ने
– झूटो अभियोगमा उजुरी दिए जुन अभियोग लगाएको हो, त्यसैको आधासम्म सजाय हुन सक्ने
– खाद्य पदार्थमा मिसावट गरे ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने
– कमसल वस्तुलाई असल भनी बेचे ३ वर्षसम्म कैद हुन सक्ने
–सार्वजनिक ठाउँमा अरूलाई अभद्र व्यवहार गरे १ वर्षसम्म कैद हुन सक्ने
–सार्वजनिक स्थलमा अश्लील बोले ६ महिनासम्म कैद वा ५ हजारसम्म जरिवाना वा दुवै
– राष्ट्रिय गान, झन्डा र निसान छापको अपमान गरे ३ वर्षसम्म कैद हुन सक्ने
– बालबालिकालाई फकाएर कसुर गर्न लगाए आफैंले गरेसरह सजाय

देवानी संहिता

– मञ्जुरी नलिई कसैको तस्बिर खिच्न नपाइने, निजी जीवनबारे प्रकाशनरप्रसारण गर्न नपाइने
– केटाकेटी दुवैले २० वर्ष नपुगी विवाह गर्न नपाउने
– कुनै पुरुषको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको प्रमाणित भए स्वतस् विवाह भएको मानिने
–सम्बन्ध विच्छेदका लागि पुरुष पनि सिधै अदालत जान सक्ने
– मातृत्व वा पितृत्व दुवैका आधारमा सन्तानको पहिचान हुने
– प्रत्येक छोराछोरीले आमाबाबुलाई आदर, सम्मान र हेरचाह गर्नुपर्ने
– गर्भको शिशु पनि अंशको हकदार हुने
– कम्तीमा १४ वर्ष पुगेको व्यक्तिलाई मात्र उसको मञ्जुरी लिई काममा लगाउन सकिने
– कसैलाई पनि दिनमा ८ घण्टाभन्दा बढी काममा लगाउन नहुने

 

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: