दर्नाल अवार्ड सरस्वती नेपालीलाई प्रदान


प्रकाशित मिति :2018-08-15 18:03:23

–महिला खबर

ललितपुर । बैतडीकी सामाजिक अभियन्ता सरस्वती नेपालीलाई यसवर्षकोे सामाजिक न्यायका लागि दर्नाल अवार्ड प्रदान गरिएको छ ।

जागरण मिडिया सेन्टर र समता फाउण्डेशनले दुई वर्षमा दिँदै आएको उक्त अवार्ड सुवास दर्नालको छैटौ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित एक समारोहकाबीच प्रदान गरिएको हो ।

कार्यक्रममा सुवासका श्रीमति सरिता परियार र आमा सरिता दर्नालले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । अवार्डको राशी ५ लाख रुपैयाँ रहेको छ ।

सरस्वती नेपालीले भूमिअधिकार शिक्षा, प्रत्रकारिताको क्षेत्रमा अगुवाइ गर्नुका साथै सामाजिक न्यायमा दलितको पहुँचका लागि नेतृत्वदायी भूमिका खेल्दै आएकी छिन् ।

सन् २००८ देखि २०११ सम्म भूमिअधिकार मञ्च, बैतडीको संयोजक रहेकी नेपालीको अगुवाईमा ३७ परिवार भूमीहिनले २ रोपनीजग्गा र लालपूर्जा प्राप्त गरेका थिए ।

त्यसैगरी कार्यक्रममा अभियन्ता डडेल्धुराका कलावती भाँड, सिराहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व र बाजुराका डा. रूपचन्द्र विश्वकर्मालाई समेत कदरपत्रसहित सम्मान गरिएको छ ।

‘दर्नाल अवार्ड’ आम मानिसले समाज परिवर्तनका लागि गरेका प्रेरणादायी र अनुकरणीय कार्यको सम्मान गर्ने उद्देश्यले सामाजिक न्यायका अभियन्ता सुभाष दर्नालको सम्झनामा स्थापना गरिएको अन्तरराष्ट्रिय स्तरको पुरस्कार हो ।  अभियन्ता सुभाष दर्नालको १५ अगस्ट २०११ मा दुःखद् देहान्त भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: