व्यभिचारीको रङ्गमञ्च


प्रकाशित मिति :2018-08-15 17:02:56

च्याँच्याँ,
च्याँच्याँबाट शुरु एउटी नारीको संघर्ष,
घर–मेला, चुलो–चौको,
असर्दो र दोजिया संगै
आइपुग्छ एउटा “नाइँ ”
त्यो “नाइँ ”लाई पछ्याउँदै,
लस्करै “नाइँ” “नाइँ” “नाइँ” ताँती लगाउँछन्
अनि त्यो संघर्ष,
व्यभिचारीको रङ्गमञ्च बनाइन्छ,
पुरुषार्थ देखाइन्छ,
अभिषेक गराइन्छ ।

पुजन बस्याल

अभिछिन्न उसको जीवन,
छिन्न भिन्न हुन्छ,
अपराग थपिन्छ
उसको जीवन बदलिन्छ,
समय र अस्तित्व बदलिन्छ ।

भलाद्मीको समाजमा खेद लाइन्छ
उसको बोलीको दोष देखाइन्छ
उसले लगाएको चोलीको दोष देखाइन्छ
आफ्नी दिदी–बहिनी जोगाउने
ती अभिमन्यूको करणीमा,
निर्दोष त्यो छोरीको दोष देखाइन्छ ।

ऊ असल थियो,
असल बन्न सक्थ्यो
जीवन सिर्जना गर्ने नारीको
रक्षा गर्न सकेको भए
आफ्ना इन्द्रियलाई
बशमा गर्न सकेको भए
आफ्ना इन्द्रियलाई
बशमा राख्न सकेको भए ।

[email protected]

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: