‘बालश्रमसम्बन्धी व्यवस्था त्रुटिपूर्ण’


प्रकाशित मिति :2018-08-15 15:42:51

-महिला खबर-

ललितपुर । मुलुकी देवानी स‌ंहिता, २०७४ मा भएको घरेलु बालश्रम सम्बन्धी व्यवस्थालाई त्रुटिपूर्ण रहेको भन्दै खारेजीको माग गरिएको छ ।

बाल अभियन्ता, बाल अधिकारकर्मीहरुले उक्त व्यवस्था खारेजीको माग गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालकालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र सांसद गगन थापालाई ध्यानकर्षण पत्र बुझाएका हुन् ।

२०७५ भाद्र १ गतेदेखि लागू हुने गरि घरेलु बाल कामदार राख्न पाउने व्यवस्था गरेको छ । देवानी स‌ंहिता २०७४ को ज्याला मजुरी सम्बन्धी व्यवस्था ६ सय ४० धाराको उपधारा १ मा ‘कम्तीमा चौध वर्ष उमेर पुगेको कुनै व्यक्तिलाई निजको मञ्जुरी लिई काममा लगाउन सकिने व्यवस्था छ । तर सोह्र वर्ष उमेर पूरा नगरेको व्यक्तिलाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाउन सकिने छैन’ भनिएको छ ।

बाल अभियन्ता नविनचन्द्र घिमिरे उक्त ऐनको दफा ६४० देखी ६४४ सम्म कानूनमा घरेलुु बालश्रम बढावा दिने खालका चरमपन्थी र शोषक नियम खारेज गनुपर्ने बताउँछन् ।

नेपालले राज्य पक्ष भएर संयुक्त राष्ट्रसंघीय महासन्धिहरु, विभिन्न इच्छाधीन आलेखहरुका अलावा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सन्धि तथा अभिसन्धिहरुलाई पक्ष राष्ट्रका हैसियतले धेरै वटा अभिलेखहरुमा हस्ताक्षर तथा अधिकांश अभिलेखहरुलाई अनुमोदन गरिसकेको छ ।

साथै नेपाल सरकारले हालैमात्र (२०७५ साउन १ गतेदेखि) लागू हुने गरी जारी गरेको निकृष्टसहित सबै प्रकारका बालश्रम निवारणसम्बन्धी गुरुयोजना २०७५–२०८५ लाई कार्यान्वयन हुन बाधा पुग्ने देखिन्छ । उक्त गुरुयोजनामा घरेलु बालश्रमलाई जोखिमपूर्ण श्रमको क्षेत्रमा पहिलो प्राथमिकतामा राखिएको छ ।’

यस्तै ध्यानकर्षण पत्रमा व्यवस्थापिका संसदद्वारा मिति २०७४ असोज ३० मा प्रमाणिकरण भई मिति २०७५ भाद्र १ गतेदेखि लागू हुन लागेको मुलुकी (देवानी संहिता) ऐन, २०७४ को भाग ५ परिच्छेद १४ ज्याला मजूरीसम्बन्धी व्यवस्थाको दफा ६४० देखि दफा ६४४ मा गरिएको घरेलु सहायकसम्बन्धी व्यवस्था नेपालको संविधान, २०७२, नेपालद्वारा राज्य पक्ष भई हस्ताक्षरित महासन्धिहरु तथा नेपाल राज्यद्वारा जारी गरिएका विभिन्न ऐन तथा नियमावलीहरुका अलावा बालअधिकारका सिद्धान्तहरुको प्रतिकूल छ भनिएको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: